5 years ago
April 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – निमा घर्ती मगर, विजयी सिन्जाली, मंगलप्रसाद थारु र जुनी राई उसु अवार्डअन्तर्गत सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीद्वारा आयोजित अवार्डको थाउलोतर्फ महिलामा निमा र पुरुषमा विजयी सिन्जाली सर्वोत्कृष्ट चुनिएका हुन् । सान्सौंको पुरुषमा मंगल र महिलामा जुनी सर्वोत्कृष्ट चुनिए । भक्तपुरको सूर्यविनायकस्थित यो यो बैंक्युटमा भएको कार्यक्रममा दीपक हमालले उदीयमान खेलाडीको अवार्ड जिते । सुस्मिता तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ ठहरिन् ।
आठौं राष्ट्रिय खेलकुद र १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रदर्शनलाई मध्यनजर गरी खेलाडी छनोट गरिएको आयोजकले जनाएको छ । अवार्ड विजेता सबै खेलाडी आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता हुन् । छ जनै खेलाडी १३ औं सागमा पनि पदक जितेका थिए । मंगल बाहेक सबै खेलाडीले १३ औं सागमा स्वर्ण जितेका थिए । मंगलले भने रजत हात पारेका थिए ।
विजेतालाई पूर्व मन्त्री एवं संघीय सांसद महेश बस्नेत, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका यो योका सञ्चालक श्रीभक्त कासीछवा, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, नागरिक विकास वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नुनम सुब्बा, हिमाल वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विज्ञान राई, आयोजक कमिटीका संयोजक मन्जुर महर्जन, अवार्ड संयोजक राजीव महर्जनलगायतले एक कार्यक्रमबीच ट्रफी, प्रशंसा पत्र, जनही नगद ५ हजार र गिफ्ट ह्याम्पर प्रदान गरे ।
नागरिक विकास र यो यो बैंक्युटको मुख्य प्रायोजनमा भएको अवार्ड कार्यक्रमका अवसरमा १३ औं सागका प्रशिक्षक तथा लामो समयदेखि उसु प्रशिक्षणमा संलग्न प्रशिक्षकलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]