5 years ago
April 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कप्तान रुविना क्षेत्री बेलबासेको उत्कृष्ट ब्याटिङको सहयोगमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगितामा १० विकेटले पराजित गरेको छ ।

जितको लागि १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश १ ले १३.२ ओभरमा कुनै विकेट नगुमाई सहजै पूरा गर्यो । प्रदेश १ की कप्तान रुविना क्षेत्री बेलबासे ४९ बलमा १२ चौका र १ छक्का सहित ६८ रनमा अविजित रहँदै सहज जित दिलाइन् । काजल श्रेष्ठ ३२ बलमा ३ चौका सहित २५ रनमा अविजित रहिन् ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो । लुम्बिनी प्रदेशको लागि सरस्वती घर्तीमगर ६६ बलमा ५ चौका सहित सर्वाधिक ५० रनमा अविजित रहिन् । सरस्वतीले ६६ बलमा अर्धशतक पूरा गरिन् । सरस्वतीले पहिलो खेलमा ललितपुर मेयर–११ विरुद्ध ४६ रनको अविजित इनिङ खेलेकी थिइन् । कप्तान नेरी थापा १५ बलमा ३ चौका सहित २० रनमा अविजित रहिन् ।

दोस्रो विकेटका लागि नितु भण्डारी र सरस्वती घर्तीमगरले ५९ रनको साझेदारी गरेका थिए । नितु १५ औं ओभरको पाँचौ बलमा तालमेल नमिल्दा १८ रनमा रन आउट हुन पुगिन् । नितुले ३३ बलको समना गर्दा कुनै बाउन्ड्री भने प्रहार गर्न सकिनन् । ओपनर वर्षा रानालाई सबनम राईले तेस्रो ओभरको तेस्रो बलमा शून्यमा बोल्ड आउट गरेकी थिइन् । सबनम राईले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिइन् । प्रदेश १ का अन्य बलरले भने विकेट लिन सकेनन् ।
पहिलो खेलमा प्रदेश १ एपिएफसँग ८ विकेटले पराजित भएको थियो । लुम्बिनी प्रदेश पहिलो खेलमा ललितपुर ११ सँग २७ रनले पराजित भएको थियो । प्रदेश १ ले तेस्रो खेल मंगलबार सुदूरपश्चिमसँग खेल्ने छ । लुम्बिनीले बुधबार सुदूरपश्चिमसँग खेल्ने छ ।
December 21, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो । त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]