5 years ago
April 7, 2021
एजेन्सी – ओपनर फखर जमानको लगातार दोस्रो शतकसँगै पाकिस्तानले तेस्रो तथा निर्णायक ओडिआई खेलमा दक्षिण अफ्रिकालाई ३ सय २१ रनको बलियो लक्ष्य दिएको छ ।

सुपरस्पोटर््स पार्कमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय २० रन बनायो ।
पाकिस्तानका ओपनर फखर जमानले १ सय ४ बलमा ९ चौका र ३ छक्का सहित १ सय १ रनको शतकीय इनिङ खेले । जमानको यो लगातार दोस्रो शतक हो । ओडिआई करिअरको छैटौं शतक हो । दोस्रो ओडिआई खेलमा जमानले दक्षिण अफ्रिकाविरुद्ध १ सय ९३ रनको उत्कृष्ट इनिङ खेलेपनि टोलीलाई जिताउन सकेका थिएनन् । कप्तान बाबर आजम ८२ बलमा ७ चौका र ३ छक्का सहित ९४ रनमा क्याच आउट भए । हसन अली ११ बलमा १ चौका र ४ छक्का सहित ३२ रनमा अविजित रहे ।

पाकिस्तानलाई ओपनर इमाम उल हक र फखर जमानले पहिलो विकेटका लागि २१.२ ओभरमा १ सय १२ रनको शतकीय साझेदारीका साथ राम्रो सुरुवात दिलाएका थिए । स्पिनर केशव महाराजले इमामलाई ५७ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । इमामले ७३ बलमा ३ चौका प्रहार गरे । दोस्रो विकेटका लागि जमान र बाबरले ९४ रनको साझेदारी गरेका थिए । सातौं विकेटका लागि बाबर र हसनले २४ बलमा ६३ रनको उत्कृष्ट साझेदारी गर्दै बलियो योगफलमा पुर्याए ।
दक्षिण अफ्रिका स्पिनर केशव महाराजले १० ओभरमा १ मेडन सहित ४५ रन खर्चेर ३ विकेट लिए । एडेन माक्ररमले २, जेजे स्मट्स र एन्डिले फहलुकवयोले १–१ विकेट लिए ।
December 21, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो । त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]