default_image

5 years ago

April 7, 2021

नेपाली क्रिकेट खेलाडीले लगाए कोरोनाविरुद्ध खोप

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले कोरोनाविरुद्ध पहिलो चरणको खोप लगाएका छन् । वैशाखमा घरेलु मैदान कीर्तिपुरमा मलेसिया र नेदरल्यान्ड्सबीच हुने त्रिकोणात्मक सिरिजमा बोलाइएका २० खेलाडी र फिजियो गरि २१ जनाले कोरोनाविरुद्ध बुधबार दिउँसो चावहिलमा रहेको ओम अस्पतालमा खोप लगाएका हुन् ।

आजदेखि नेपालले औपचारिक रुपमा मुलपानी क्रिकेट मैदानमा बन्द प्रशिक्षण पनि सुरु गरेको छ । फिजियो विक्रम न्यौपाने कोरोना खोप लगाएपनि मुख्य प्रशिक्षक देभ ह्वाटमोरले भने नलगाएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । प्रशिक्षक देभ ह्वाटमोरले यसअघि प्रदेश-१ मा जानेक्रममा पहिलो चरणको खोप लगाइ सकेको कारण खोप नलगाएको फिजियो विक्रम न्यौपानेले जानकारी दिए ।

वैशाख ४ देखि ११ सम्म टियु क्रिकेट मैदानमा नेपाल, मलेसिया र नेदरल्याड्सबीच टि२० त्रिकोणात्मक सिरिज हुँदै छ । डबल लिगको आधारमा शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् । खेलको टिकट मूल्य १ सय ५० रुपैयाँ रहेको छ । खेलको प्रत्यक्ष प्रसारण हिमालयन टेलिभिजनले गर्ने छ ।

बन्द प्रशिक्षणमा बोलाइएका २० खेलाडी :

ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, सुशन भारी, साहब आलम, सन्दीप जोरा, विक्रम शोब, पवन सर्राफ र ललित नारायण राजवंशी ।

December 21, 2025

आर्सनल पुनः शीर्ष स्थानमा उक्लियो

एजेन्सी – आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो । त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो […]

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

Success

Thank you for your time.