default_image

5 years ago

April 9, 2021

आइपिएल २०२१ मा सर्वाधिक विकेट लिन सक्ने ५ खेलाडी

154 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं संस्करण शुक्रबारदेखि सुरु हुँदै छ । सम्पूर्ण फ्रेन्चाइज टोलीले आफ्नो तयारी पूरा गरेका छन् ।

फ्रेन्चाइज टोलीका लगभग सबै खेलाडी जोडि सकेका छन् । अघिल्लो सिजन संयुक्त अरव इमिरेट्स (यूएई) मा भएको थियो । कोरोना महामारीको कारण भारतमा २०१९ पछि आइपिएल हुँदै छ । आइपिएल विश्व क्रिकेटका चर्चित खेलाडीहरुबीच प्रतिस्पर्धा हुने गर्दछ । आइपिएलमा उच्च प्रदर्शनको लागि क्षमतासँगै मनोबल र लयपनि उच्च हुनुपर्छ ।

विदेशी ४ मा खेलाडी खेलाउन पाउने हुँदा हरेक टोली सकभर उत्कृष्ट खेलाडी खेलाउन चाहन्छन् । कुनैपनि खेलाडीले प्रतियोगितामा कस्तो प्रदर्शन गर्छ त्यसको क्षमता र पछिल्ला समयको लयलाई आधार मानेर अनुमान गर्न सकिन्छ । विशेष गरेर पछिल्लो समय उक्त खेलाडीको लय कस्तो छ त्यसले निर्भर छन् । आइपिएलमा विश्व क्रिकेटका थुप्रै स्टार बलर खेल्दैछन् । आइपिएल २०२१ मा सर्वाधिक विकेट लिन सक्ने ५ खेलाडी छन् ।

५.एनरिच नोर्किया (दिल्ली क्यापिटल्स)

दक्षिण अफ्रिका तीव्र गतिका बलर एनरिच नोर्किया आइपिएल इतिहासकै सर्वाधिक तीव्र गतिको स्पीडमा बलिङ गर्ने बलर हुन् । गतवर्ष दिल्ली क्यापिटल्सबाट डेब्यू गर्दै नोर्कियाले १६ खेलमा २२ विकेट लिएका थिए । जसक्रममा नोर्कियाले १५६.२२ प्रतिघण्टा तीव्र गतिमा बलिङ गरेका थिए । नोर्किया उच्च लयमा छन् ।

अर्कोतर्फ नोर्किया दिल्लीको प्रमुख बलरको रुपमा खेल्ने छन् । पाकिस्तासँग तीन ओडिआई सिरिज मध्य दुई खेलमा नोर्कियाले ७ विकेट लिएका थिए । नोर्कियाले आफ्नै सहकर्मी कागिसो रबाडाका साथ खेल्ने छन् ।

दक्षिण अफ्रिका स्टार जोडी रबाडा र नोर्कियासँगै खेल्ने हुँदा दुबैलाई खेलमा सहज पनि हुने छ । दुबैले एक अर्कालाई राम्रोसँग बुझेका छन् । हरेक कुरा खुलेर गर्न सक्छन् । नोर्कियाले नयाँ बलको साथ दिल्लीको सुरुवात गर्ने छन् । डेथ ओभरमा पनि राम्रो बलिङको क्षमता राख्छन् ।

गतवर्ष पहिलो प्रतियोगिता खेलेका नोर्किया यो सिजनमा उच्च मनोबल र अनुभवको साथ दिल्ली पुगि सकेका छन् । नोर्किया आफ्नो गती मार्फत पनि ब्याट्सम्यानलाई दबाबमा राख्न सक्ने क्षमता भएका बलर हुन् । दिल्लीको पहिलो रोजाईमा खेल्ने नोर्किया यो सिजनमा सर्वाधिक विकेट लिने बलर बन्न सक्छन् ।

४.युजभेन्द्र चहल (बेंगलोर)

रोयल च्यालेन्जर्स बेंगलोरका प्रमुख स्पिनर युजभेन्द्र चहल भारतीय क्रिकेटबाट निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । चहल बेंगलोरको प्रमुख स्पिनरमा खेल्ने छन् । लेगस्पिनर चहल मध्यक्रमको विपक्ष्यको इनिङ धरासीय बनाउन सक्छन् । अर्कोतर्फ चहलले लगातार बेंगलोरबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

गतवर्ष २१ विकेटका साथ बेंगलोरबाट सर्वाधिक विकेट लिने बलर बनेका थिए । २०१९ मा चहलले १८ विकेट लिएका थिए । यस सिजनमा आइपिएल भारतका ६ सहरमा हुँदै छ । जसमा चेन्नई, दिल्ली र अहमदाबाद स्पिनरको लागि धेरै सहयोगी मानिन्छ । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका चहलले यो सिजनमा पनि आफ्नो उच्च प्रदर्शनका साथ सर्वाधिक विकेट लिने बलर बन्न सक्छन् ।

३. राशिद खान (हैदराबाद)

अफगानिस्तानका स्पिनर राशिद खान सनराइजर्स हैदराबादका प्रमुख हतियार हुन् । वर्तमान समयका सर्वोत्कृष्ट लेगस्पिनर राशिद लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । यो सिजनमा पनि उनले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक विकेट लिने बलर बन्न सक्छन् । यस पटक मैदान पनि स्पिनर सहयोगी छ ।

राशिद म्याच विनर खेलाडी हुन् । उनले विपक्ष्य ब्याट्सम्यानलाई राम्रोसँग बुझेर बल गर्ने गर्दछन् । दबाबमा पनि उनी आतिदैनन् । अर्कोतर्फ स्पिनमा उनको गति केहि बढी हुने गर्दछन् । दबाबमा पनि राम्रो प्रदर्शन गर्दछन् । त्यसैले यो सिजनमा पनि सर्वाधिक विकेट लिने बलर हुन सक्छन् ।

२. जस्प्रित बुमराह (मुम्बई)

भारतीय क्रिकेट टोलीका तीव्र गतिका बलर जस्प्रित बुमराह वर्तमान समयका एक उत्कृष्ट बलर हुन् । मुम्बई इन्डियन्सका प्रमुख हतियार बुमराहले आइपिएल र अन्तर्राष्ट्रिय क्रिकेट दुबैमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पछिल्ला दुई सिजनमा मुम्बईले लगातार उपाधि जित्दा बुमराहको योगदान महत्वपूर्ण छ । बुमराह गती र योर्करको लागि माहिर छन् । उनको बलमा रन जोड्न जो कोहि ब्याट्सम्यानलाई कठिन पर्छ ।

आफ्नो योर्कर र गतिको कारण उनले विपक्ष्य इनिङ धरासयी बनाउन सक्छन् । डेथ ओभर स्पेलिष्ट बुमराहले गतवर्ष १५ खेलमा २७ विकेटका साथ सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा दोस्रो स्थानमा थिए । बुमराह पावर प्ले, मध्यक्रम र डेथ ओभर जुनसुकै समयमा पनि टोलीलाई विकेट दिलाउन सक्ने क्षमता भएका बलर हुन् । यो सिजनमा पनि बुमराहले आफ्नो उत्कृष्ट प्रदर्शनका साथ सर्वाधिक विकेट लिने बलर बन्न सक्छन् ।

१. कागिसो रबाडा (दिल्ली)

दक्षिण अफ्रिका तीव्र गतिका बलर कागिसो रबाडा वर्तमान समयका सर्वोत्कृष्ट तीव्र गतिका बलर हुन् । रबाडाको गतीको चाल पाउन जो कोही ब्याट्सम्यानलाई कठिन पर्छ । रबाडा योर्करका लागि माहिर छन् । ६ बलमा ६ नै योर्कर राख्ने क्षमता राख्ने रबाडा दिल्लीको प्रमुख हतियार हुन् । उनी पहिलो रोजाईमा सबै खेल खेल्ने छन् ।

गत वर्ष रबाडाले १७ खेलमा ३० विकेट लिएका थिए । २०१९ मा २५ विकेट लिएका थिए । योर्कर बल ब्याट्सम्यानलाई खेल सबैभन्दा कठिन पर्छ । त्यहि बल रबाडाको मुख्य हतियार हो । रबाडा आफ्नो गति र योर्करको सहयोगमा विपक्ष्य इनिङ यो सिजन पछि ध्वस्त पार्दै लगातार दोस्रो पटक पर्पल क्याप जित्न सक्छन् ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.