5 years ago
April 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टोली तथा विभागीय त्रिभुवन आर्मी क्लबका मिडल ब्लकर हरि अधिकारी कम्तीमा पनि दुई महिना कोर्ट बाहिर रहने भएका छन् ।

पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको लिग चरणको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिससँगको खेल दौरान उनी घाइते भएका थिए । ब्लक गर्ने क्रममा ल्यान्डिङ नमिल्दा उनले बायाँ खुट्टाको एंकलमा चोट लागेको थियो ।
पहिलो सेटको खेलमा ४–४ को बराबरीमा को अवस्थामा ब्लक गर्दा पुलिसका खेलाडीसँग ठोक्किदा र ल्यान्डिङ नमिल्दा उनले चोट बोकेका थिए । लगत्तै उनलाई सामान्य उपचारपछि नोवेल अस्पतालमा लगिएको थियो ।
त्यहाँ उनको एक्सरे र एमआरआई रिपोर्ट हेर्दा उनले कम्तीमा पनि दुई महिना विश्राम लिनुपर्ने भएको हो । डाक्टर रन्जित शाहका अनुसार उनको चोट पुर्ण रुपमा ठीक हुन कम्तीमा पनि दुई महिना लाग्नेछन् । उनको उपचार डाक्टर शाह नेतृत्वको टोलीले गर्नेछन् ।

हरिको अनुपस्थितिमा आर्मीले सुरुवाती दुई सेट जितेपनि पछिल्लो ३ सेट गुमाउँदै लिगबाट बाहिरिएको थियो । उक्त खेलमा आर्मी सोझो सेटमा विजयी भएको भए फाइनलमा स्थान बनाउने थियो । उक्त खेलमा हरिको अभाव खड्किएको थियो ।
नेपाल भलिबल संघले लिग अवधिभर खेलाडी र अफिसियलको विमा गरिने जनाएको थियो । अब संघले नै उनको उपचार खर्च विमा रकमबाट उपलब्ध गराउने छ ।
हरिले २०७३ मा माल्दिभ्समा भएको तेस्रो एभिसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपपछि राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । सोही च्याम्पियनसिपमा नेपालले ऐतिहासिक कास्यपदक जितेको थियो ।
त्यसपछि उनी लगातार राष्ट्रिय टोलीमा रहँदै आएका छन् । उनले राष्ट्रिय टोलीबाट एसियन गेम्स, साग गेम्स, सेन्ट्रल जोनसँगै हङकङ, मकाउ, डेनमार्क, बंगलादेश र अफगानिस्तानविरुद्धको मैत्रीपुर्ण खेल खेलेका छन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]