5 years ago
April 9, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं संस्करणको उद्धघाटन खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

एमए चिदम्बरम स्टेडियम चेन्नईमा बेंगलोरका कप्तान विराट कोहलीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । मुम्बईले टोलीमा दक्षिण अफ्रिका २० वर्षिय देब्रे हाते तीव्र गतिका बलिङ अलराउन्डर मार्को जानसेन र अष्ट्रेलिया ओपनर क्रिस लिनलाई डेब्यू गराएको छ । मार्कोले पहिलो पटक आइपिएल खेल्दै छन् । लिनलाई गत वर्ष मुम्बईमा अनुबन्ध गरेपनि पुरै खेल बेन्चमा राखेको थियो । सन् २०१९ मा कोलकाता नाइट राइडर्सबाट आइपिएल खेलेका थिए । ६ फिट ८ इन्च अग्ला मार्कोले सन २०१८ मा भारत दक्षिण अफ्रिका भ्रमणमा रहेका बेला जानसनले विराट कोहलीलाई नेटमा तीन पटक आउट गरेका थिए । जानसन १३७ देखि १४१.३ प्रतिघण्टाको तीव्र गतिमा बलिङ गर्ने गर्दछन् ।

त्यस्तै बेंगलोरमा न्युजिल्यान्डका तीव्र गतिका बलर काइल जामिसन, अष्ट्रेलिया अलराउन्डर ग्लेन म्याक्सवेल, ड्यानियल क्रिष्टियन र भारतीय ब्याट्सम्यान रजत पाटीदार गरि कुल ४ खेलाडीले डेब्यू गरेका छन् । समग्रमा मुम्बई र बेंगलोरमा गरि पहिलो खेलमा ६ खेलाडीले डेब्यू गरेका छन् ।

गत सिजनमा मुम्बई च्याम्पियन बन्दा बेंगलोर प्ले अफबाट बाहिरिएको थियो । गतवर्ष दुई खेलमा एक खेलमा मुम्बई र एक खेलमा बेंगलोर विजयी भएको थियो । बेंगलोर सुपर ओभरमा विजयी भएको थियो । पछिल्ला पाँच खेलमा तीन खेलमा मुम्बई र दुई खेलमा बेंगलोर विजयी भएका छन् । आइपिएलमा यी दुई टोलीबीच कुल २७ खेल भएको छ । मुम्बई १७ खेलमा विजयी हुँदा १० खेलमा पराजित भएको छ । बेंगलोरले मुम्बईविरुद्ध हालसम्म बनाएको उच्च योगफल २ सय ३५ रन छ भने मुम्बईले बेंगलोरविरुद्ध सर्वाधिक २ सय १३ रन बनाएको छ ।
मुम्बईको प्लेइङ ११ : रोहित शर्मा (कप्तान), क्रिस लिन, सूर्यकुमार यादव, ईशान किशन (विकेटकिपर), हार्दिक पान्ड्या, काइरन पोलार्ड, क्रुनाल पान्ड्या, मार्को जानसेन, राहुल चहर, ट्रेन्ट बोल्ट र जस्प्रित बुमराह ।
बेंगलोरको प्लेइङ ११ : विराट कोहली (कप्तान), रजत पाटीदर, एवि डि भिलियर्स (विकेटकिपर), ग्लेन म्याक्सवेल, ड्यानियल क्रिष्टियन, वासिन्टन सुन्दर, काइल जामिसन, शहवाज नदिम, हर्षल पटेल, मोहम्मद सिराज र युजभेन्द्र चहल ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]