default_image

5 years ago

April 9, 2021

दिलिप स्मृतिलाई चार स्वर्ण

196 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद) – आयोजक दिलिप स्मृति प्रतिष्ठानले चौथो दिलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको पहिलो दिन शुक्रबार ४ स्वर्ण जितेको छ ।

पुरुष ५८ केजीमा शिव श्रेष्ठ र ३० केजीमा किरण तामाङ तथा महिला १९ केजीमा कृपा गौतम र ३० केजीमा रोजिना तामाङले आयोजकलाई स्वर्ण दिलाए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भइरहेको प्रतियोगितामा विश्वनिकेतनले २ स्वर्ण जित्यो ।

महिला ५६ केजीमा मनीषा तामाङ र २७ केजीमा भवानी बुढाथोकीले स्वर्ण जिते । त्यस्तै ढल्कोका रोशन नेपालीले पुरुष ७२ केजी तथा गरिमा महर्जनले महिला ३३ केजीमा स्वर्ण हात पारे । मूलपानीका भिजन तामाङले पुरुष २९ केजीमा स्वर्ण प्राप्त गरे ।

प्रतियोगिताको नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवं सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले एक कार्यक्रमबीच उद्घाटन गर्दै नेपाली तेक्वानदोको विकास र विस्तारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा नेपाल सोतोकान कराते संघका महासचिव एवं प्रमुख श्याम शेर्पालगायतलाई सम्मान गरिएको थियो ।

प्रतियोगितामा विभिन्न डोजाङ र स्कुल गरी १९ टिमका १ सय २८ पुरुष र ६२ महिला गरी जम्मा १ सय ९० खेलाडी सहभागी रहेको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्रीले जनाएका छन् । दुईदिने प्रतियोगिताको पुरुषमा ११ र महिलामा ९ गरी २० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः २ हजार, १ हजार र ५-५ नगद पुरस्कार प्रदान गरिने छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.