default_image

5 years ago

April 10, 2021

दिल्ली र चेन्नई भिड्दै

143 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को दोस्रो खेलमा आज दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ बजे वानखडे स्टेडियम मुम्बईमा सुरु हुने छ ।

दुबै टोली विजयी सुरुवात गर्ने सोचमा छन् । चेन्नईको कप्तानी भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी र दिल्लीको ऋषभ पन्तले गर्ने छन् । पन्तले आइपिएलमा पहिलो पटक कप्तानी गर्दै छन् । यी दुई गुरु चेला कप्तानबीचको खेल प्रतिस्पर्धात्मक बन्ने अपेक्षा गरिएको छ । चेन्नईले तीन पटक उपाधि जित्दा दिल्ली एक पटक मात्र फाइनलमा पुग्न सकेको छ । दिल्लीमा युवा खेलाडी र चेन्नईमा अनुवभी खेलाडीको बाहुल्यता छ ।


दिल्लीको ओपनिङ शिखर धवन र पृथ्वी शाले गर्ने छन् । यी दुबै खेलाडीलाई ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ । पृथ्वी शा भारतीय घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शनका साथ आइपिएलमा आएका छन् । धवनलाई टि२० विश्वकप टोलीमा स्थान बनाउन आइपिएलमा उच्च प्रदर्शन गर्नुपर्ने दबाब छ ।


तेस्रो नम्बरमा स्टिभ स्मिथको सम्भावना छ । चौथो नम्बरमा ऋषभ पन्तले गर्ने छन् । आक्रामक ब्याट्सम्यान पन्तको प्रदर्शन निकै महत्वपूर्ण हुने छ । छैटौं नम्बरमा अष्ट्रेलिया अलराउन्डर मार्कस स्टोइनिसको सम्भावना छ । स्टोइनिसले गतवर्ष उत्कृष्ट प्रदर्शन गरेका थिए । स्टोइनिस आक्रामक र ठूला सटका लागि परिचित छन् । स्पिनरमा रविचन्द्रन आश्विन र अमित मिश्रा छन् । यी दुई स्पिनरको प्रदर्शन मध्यक्रममा महत्वपूर्ण हुने छ । तीव्र गतिका बलरमा कागिसो रबाडा र एनरिच नोर्किया पहिलो रोजाईमा खेल्ने छन् । यी दुई दिल्लीका प्रमुख बलिङ हतियार हुन् । तीव्र गति र योर्करमा रबाडाले चेन्नईको इनिङ धरासय बनाउन सक्छन् । नोर्किया आइपिएल इतिहासकै सर्वाधिक तीव्र गतिमा बलिङ गर्ने बलर हुन् ।


चेन्नईको ओपनिङ ऋतुराज गायकवाड र रोविन उथप्पाले गर्ने सम्भावना छ । चेन्नईले साम करन वा मोईन अली मध्य एकलाई पनि ओपनिङ गराउन सक्छ । तेस्रो नम्बरमा फाफ डु प्लेसिस र चौथो नम्बरमा सुरेश रैना सम्भावना देखिन्छ । तल्लोक्रममा महेन्द्रसिंह धोनी, साम करन र मोइन अली हुने छन् । स्पिनरमा रविन्द्र जडेजा र इमरान ताहिरको सम्भावना छ । तीव्र गतिको बलरमा शार्दूल ठाकुर र दीपक चहर पहिलो रोजाईमा खेल्न सक्छन् ।


पछिल्लो पाँच खेलमा तीन खेलमा चेन्नई विजयी भएको छ । आइपिएलमा यी दुई टोलीबीच कुल २३ खेल भएका छन् । जसमा चेन्नई १५ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ । चेन्नईले दिल्लीविरुद्ध बनाएको सर्वाधिक रन २ सय २२ रन छ । दिल्लीले चेन्नईविरुद्ध बनाएको सर्वाधिक रन १ सय ९८ रन छ । गतवर्ष चेन्नई दिल्लीसँग ५ विकेट र ४४ रनले पराजित भएको थियो ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.