default_image

5 years ago

April 10, 2021

दिलको जोडी बाग्लुङ कप भलिबलको सेमिफाइनलमा

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हिम रश्मी हाई स्कुलका दिल बहादुर सुनारको जोडी बाग्लुङ कप खुल्ला राष्ट्रिय पुरुष २ ‘ए’ साइड भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ह्याप्पी योङ युथ क्लब बाग्लुङको आयोजनामा काठमाडौं नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा शनिबार भएको क्वाटरफाइनलमा दिलको जोडीले आरसिबीका विजय थापा र टेकराज अवस्थीको जोडीलाई २–१ को सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्न सफल भएका हुन् । पहिलो सेट १०–२१ ले गुमाएको दिलको जोडीले त्यसपछिको दुवै सेट २१–११ र २१–१५ ले आफ्नो पक्षमा पारेको थियो ।

यस्तै अर्काे खेलमा साराङ्गे गेस्ट हाउसका अमृत केसी र सौरभ गुरुङको जोडीले लक्ष्मण राना र बलीराम चौधरीको जोडीलाई २२–२० र २१–१७ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाए ।

यस्तै अर्काे क्वाटरफाइनलमा लोकेन्द्र छन्त्याल र विकास छन्त्यालको जोडीले मनविर छन्तयालको जोडीलाई २१–१८ र २२–२० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । यस्तै बिकास छन्त्याल र नरेश छन्तयालको जोडीले पनि अन्तिम चारमा स्थान पक्का गरे । सेमिफाइनल र फाइनल आइतबार हुनेछ ।

प्रतियोगितामा १५ टोलीको सहभागिता रहेको छ । सहभागी चार समुहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुने टोलीले १५ हजार रुपैयाँ हात पार्नेछन् ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.