default_image

5 years ago

April 11, 2021

सुकदेव र ज्योति ओभरअल विजेता

204 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुकदेव कार्की र ज्योति थापा रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेष्ट राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगितामा ओभरअल विजेता बनेका छन् । सुकदेव पुरुष तथा ज्योति महिलातर्फ च्याम्पियन बनेका हुन् ।

नेपाल पावर लिफ्टिङ संघद्वारा आयोजित प्रतियोगितामा सुकदेव र ज्योतिले आ–आफ्नो स्पर्धामा स्वर्ण जित्न सफल भएका थिए । सुकदेवले ५९.१–६६ केजी तथा ज्योतिले ६० केजीमुनि तौलसमूहमा स्वर्ण जितेका थिए । दुवैले ओभरअल विजेता बनेवापत ५१ हजार नगद पुरस्कार हात पारे । स्पर्धामा पहिलो भएवापत दुवैलाई छुट्टै जनही १० हजार रुपैयाँ प्राप्त गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ५९ केजीमुनि हर्क राई, ६६.१–७४ केजीमा रविन राई, ७४.१–८३ केजीमा ओजशचरण जोशी, ८३.१ देखि ९३ केजीमा आदित्य चौधरी र ९३ केजीमाथि डा. मोहित कार्की पहिलो भए । महिला ६० केजीमाथि सुजिता मानन्धरले शीर्ष स्थान हात पारिन् । पुरुष भेट्रानको ४०–५० वर्षमा टेकेन्द्र गुरुङ तथा ५० वर्षमाथि राजकुमार घजु पहिलो बने ।

१० स्पर्धामा समावेश प्रतियोगिताको हरेक स्पर्धामा पहिलो हुनेलाई १० हजार, दोश्रोलाई ५ हजार र तेश्रोलाई ३ हजार नगद पुरस्कार प्रदान गरिएको आयोजक समितिका सचिव सुरेश सुवेदीले जनाएका छन् । एकदिने प्रतियोगितामा ७३ पुरुष र २८ महिला गरी १ सय १ खेलाडी सहभागी थिए ।

अमेरिकामा बस्दै आएका पावर लिफ्टिङका मास्टर्सतर्फका दुई पटकका विश्व च्याम्पियन स्व. रुप कार्कीको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो । नेपालमै रहेका बेला केहि महिनाअघि उनको हृदयघाटका कारण निधन भएको थियो ।

December 21, 2025

आर्सनल पुनः शीर्ष स्थानमा उक्लियो

एजेन्सी – आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो । त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो […]

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

Success

Thank you for your time.