5 years ago
April 12, 2021
काठमाडौं (हाम्रा खेलकुद) – युवा अलराउन्डर योगेन्द्रसिंह कार्कीको सानदार शतक र सिद्धान्त लोहनीको घातक बलिङमा नेपाल पुलिस क्लबले भारतको सिक्किममा जारी कन्चनजंगा शिल्ड ए डिभिजन सुपर लिगमा नेपाल पुलिस क्बलले विशाल जित हात पारेको छ ।

सोमबार पुलिसले ज्ञालसिंह एण्ड डिस्टिक वेलफेयर क्रिकेट (जिडिसिडब्लूए) लाई २ सय ४९ रनको फराकिलो अन्तरले हराउँदै लगातार तेस्रो जित निकालेको हो । जितको लागि ३ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको जिडिसिडब्लूए ३७.३ ओभरमा १ सय ३७ रनमा अल आउट भयो ।
उसका ओपनर तथा विकेटकिपर तुषार त्यागीले ८८ बलमा १० चौका सहित सर्वाधिक ५८ रनको योगदान दिए । तल्लोक्रमका मोहम्मद आदिल खानले १६ बलमा ४ चौका सहित १८ रनको योगदान दिए । निखिल गौतम १२ र मयंक काश्यप १० रनमा आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपाल पुलिसका सिद्धान्त लोहनीले ८.३ ओभरमा २१ रन खर्चेर ६ विकेट लिए । प्रेम तामाङले २, सागर ढकाल र अनिल खरेलले १–१ विकेट लिए ।

त्यसअघि सिक्किम क्रिकेट ग्राउन्ड रङ्पोमा पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै ३ सय ८६ रन बनाएको थियो ।योगेन्दसिंह कार्कीले १ सय १७ बलमा १८ चौका र ७ छक्का सहित १ सय ७१ रनको उत्कृष्ट अविजित शतकीय इनिङ खेले । योगेन्द्रले ४६ औं ओभरको चौथो बलमा विपिन शर्मालाई छक्का प्रहार गर्दै ९८ बलमा शतक पूरा गरेका थिए । योगेन्द्रले अन्तिम १९ बलमा ७३ रनको विष्फोटक इनिङ खेलेका थिए ।

ओपनर शंकर राना ६६ बलमा ८ चौका र २ छक्का सहित ६५ रनमा आउट भए । दीलिप नाथ १२, कप्तान अनिल कुमार शाह १३, सिद्धान्त लोहनी ३२ रनमा आउट भए । सिद्धान्तले २२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । प्रेम तामाङ ७ र गुलशन झा १ रनमा आउट भए । अभिनाश कर्ण ५० बलमा ५ चौका सहित ४४ रनमा अविजित रहे । नारचुंग लेप्चाले ८ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । मोहम्मद आदिल खान, मनोज शर्मा, निखिल गौतम र नाम हाङ लिम्बो १–१ विकेट लिए ।
पुलिसले पहिलो खेलमा ह्वाइट कन्च क्रिकेट क्लब (डब्लूसिसिसी) लाई १० विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा रोयल नर्थ ब्रोदर्शलाई ९ विकेटले पराजित गरेको थियो । समूह ए मा रहेको पुलिसले आफ्नो अन्तिम खेल ब्लाक इगल्स एसएपिसँग मंगलबार खेल्ने छ ।
December 21, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो । त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]