5 years ago
April 12, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को चौथो खेलमा आज पन्जाब किंग्सविरुद्ध राजस्थान रोयल्सले पहिला बलिङ गर्ने भएको छ । वानखडे स्टेडियम मुम्बईमा राजस्थानका कप्तान सञ्जु स्यामसनले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।

राजस्थानले बंगलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमान, भारतीय अलराउन्डर शिवम दुबे, मध्य गतिका चेतन सकारिया र मनान बोहरालाई डेब्यू गराएको छ । त्यस्तै पन्जाबबाट तीव्र गतिका बलर राइली मेरिडिथ, झेय रिचर्डसन र भारतीय फिनिसर ब्याट्सम्यान शाहरुख खानले डेब्यू गरेका छन् ।
राजस्थानले चार विदेशी खेलाडीमा बेन स्टोक्स, जस बटलर, क्रिस मोरिस र मुस्ताफिजुरलाई मौका दिएको छ । पन्जाबले चार विदेशी खेलाडीमा निकोलस पुरन, क्रिस गेल, राइली मेरिडिथ र झेय रिचर्डसनलाई मैदान उतारेको छ ।
आइपिएलमा यी दुई टोलीबीच २१ खेल भएको छ । जसमा रास्जस्थान १२ खेलमा विजयी हुँदा ९ खेलमा पराजित भएको छ । गत सिजनका दुबै खेलमा राजस्थान विजयी भएको थियो । गत सिजनको पहिलो खेलमा पञ्जाबले प्रस्तुत गरेको २ सय २४ रनको लक्ष्य राजस्थानले ३ बल अगाडिनै ६ विकेटको क्षतिमा पूरा गरेको थियो । दोस्रो खेलमा १ सय ८६ रनको लक्ष्य १५ बल अगाडिनै ३ विकेटको क्षतिमा पूरा गरेको थियो ।
पन्जाबको प्लेइङ ११ : लोकेश राहुल (कप्तान तथा विकेटकिपर), मयंक अग्रवाल, क्रिस गेल, निकोलस पुरन, दीपक हुडा, शाहरुख खान, झेय रिचर्डसन, मुरुगन आश्विन, राइली मेरिडिथ, मोहम्मद शामी र अक्षदीप सिंह ।
राजस्थानको प्लेइङ ११ : जस बटलर (विकेटकिपर), मनान बोहरा, बेन स्टोक्स, सञ्जु स्यामसन (कप्तान), रियान पराग, शिवम दुबे, राहुल टेवाटिया, क्रिस मोरिस, श्रेयस गोपाल, चेतन सकरिया र मुस्ताफिजुर रहमान ।
December 21, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो । त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]