default_image

5 years ago

April 13, 2021

अनिता र राजले जिते पावरलिफ्ङि उपाधी

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अनिता महर्जन र राज शाहीले स्व. निलकण्ठ नारायण मानन्धर स्मृती चौथो आन्तरिक पावरलिफ्टिङ प्रतियोगिताको उपाधि जितेका छन् ।

नेपालकै सवैभन्दा पुरानो खेल संस्था नेपाल ब्यायाम मन्दिरले नयाँ बर्षको उपलक्षमा आफ्ना पूर्व सदस्य स्व. निलकण्ठ नारायण मानन्धरको स्मृतीमा बर्षेनी आयोजना गर्दै आई रहेको प्रतियोगितामा महिलातर्फ अनिता महर्जनले स्क्वाटमा ९० केजी, बेन्च प्रेसमा ५२ केजी र डेडलिफ्टमा १०० केजी गरि कुल २४२ केजीका साथ स्वर्ण हात पारेकी हुन् । महर्जनले मेडल, प्रमाण पत्र, ट्रफीका साथै नगद ६ हजार प्राप्त गरिन् ।

नेपाल ब्यायाम मन्दिरको आन्तरिक खेलाडीहरुका विच गरिने प्रतिस्पर्धामा दोश्रो स्थानमा बविता लामा रहिन् । उनले स्क्वाटमा ५० केजी, बेञ्च प्रेसमा ५० केजी र डेडलिफ्टमा १०५ केजी गरि कुल २०५ केजी उचालिन् । लामाले नगद ४ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरिन् ।

यसतै तेश्रो स्थानमा रहेकी चन्द्रकला मुनकर्मीले ८० केजी, ४० केजी, ८० केजी गरि कुल २०० केजी उचालिन् । मुनकर्मीले नगद ३ हजार, मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरिन् । महिला लाई खेल तर्फ आकर्षित गर्ने उद्धेश्यले चौथो स्थानमा रहेकी सुदिक्षा राज्य लक्ष्मी शाहले सान्त्वना स्वरुप नगद १ हजार र प्रमाण पत्र प्राप्त गरिन् ।

नेपाल ब्यायाम मन्दिरको आफ्नै हलमा भएको प्रतिस्पर्धामा पुरुष तर्फ राज शाहीले पहिलो स्थान प्राप्त गरे । शाहीले स्क्वाट तर्फ १५० केजी, बेञ्च प्रेसमा १२० केजी र डेडलिफ्टमा १८५ केजीका साथ कुल ४५५ केजीका साथ स्वर्ण प्राप्त गरेका हुन् । दोश्रो स्थानमा रहेको सविर परियारको पनि समान ४५५ केजी रहेता पनि तौल वजनका कारण शाहीले प्रथम स्थान प्राप्त गरेका हुन् । शाहीले नगद १४ हजार, मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

दोश्रो भएका परियारले १६५ केजी, १०५ केजी र १८५ केजीका साथ ४५५ केजी उचाले । उनले नगद ९ हजार, मेडल, ट्रफी प्रमाण पत्र प्राप्त गरे । तेश्रो स्थान प्राप्त गर्ने ढुकसान लामाले १४५ केजी, १०५ केजी र १८० केजीका साथ ४३० केजी उचाले । उनले नगद ६ हजार मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । ४३० केजीनै उचालेका संदीप पुजारी चौथो भए । उनी तौल वजनका कारण चौथो भएका थिए । उलने १४० केजी, ११५ केजी र १७५ केजी उचालेका थिए ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी प्रतिनिधी सभाका साँसद एवं पूर्व रक्षा मन्त्री भिमसेन दास प्रधान, स्व. निलकण्ठ नारायण मानन्धरकी छोरी तृष्णा मानन्धर, काठमाण्डौ जिल्ला शारिरीक सुगठन संघका अध्यक्ष सुरेश सुवेदी (क्याप्टेन) लगायतले पुरस्कार वितरण गरेका थिए ।प्रतियोगितामा पुरुष तर्फ १३ र महिला तर्फ ४ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

December 21, 2025

आर्सनल पुनः शीर्ष स्थानमा उक्लियो

एजेन्सी – आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो । त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो […]

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

Success

Thank you for your time.