5 years ago
April 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत तेस्रो खेलमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १:१५ पछि टियु क्रिकेट मैदानमा हुनेछ ।

घरेलु टोली नेपाल लगातार दोस्रो जितको सोचमा हुने छ । मलेसिया नेपाललाई घरमै स्तब्ध पार्दै पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गर्दा दोस्रो खेलमा मलेसिया नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको थियो ।
मलेसियाविरुद्ध नेपालमा टोली परिवर्तनको सम्भावना न्यून छ । नेदरल्यान्ड्सविरुद्ध उत्रिएको सुरुवाती ११ लाई नै निरन्तरता दिने उच्च सम्भावना छ । पहिलो खेलमा नेदरल्यान्ड्सलाई हराउन डेब्यूद्धय ओपनर कुशल भुर्तेल र आसिफ शेखले विश्व कीर्तिमानी प्रदर्शन गरेका थिए । कुशल ६२ रनमा आउट हुँदा आसिफ ५४ रनमा अविजित रहेका थिए । यी दुई ओपनरले पहिलो विकेटका लागि १२.४ ओभरमा १ सय १६ रनको उत्कृष्ट साझेदारी गरेका थिए । जुन एक खेलमा डेब्यू गरेका खेलाडीले गरेको उच्च साझेदारी हो ।

नेपालको लागि टि२० आईमा पहिलो विकेटका लागि गरेको उच्च साझेदारी समेत हो । नेपाल पहिलो खेलमा दुई युवा ओपनरको प्रदर्शनबाट खुसी छ । दोस्रो खेलमा पनि त्यस्तै प्रदर्शन चाहन्छ । आसिफ र कुशलले उच्च प्रदर्शन गर्दा नेपालको मध्यक्रम र तल्लोक्रम ब्याटिङ परिक्षण हुन पाएन ।
मलेसियासँग मध्यक्रमका दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारीको परिक्षण हुने छ । कप्तान ज्ञानेन्द्र मल्ल नेदरल्यान्ड्सविरुद्ध विजयी छक्का प्रहार गर्दै १३ रनमा अविजित रहेका थिए । बलिङमा तीव्र गतिमा करण केसी, सोमपाल कामी र अभिनाश बोहरा रहने छन् । स्पिनरमा सन्दीप लामिछाने र साहब आलमनै रहने देखिन्छ ।
साहबले डेब्यू खेलमा ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिएका थिए । केहि महँगो सावित भएपनि टोलीले भने साहबलाईनै निरन्तरता दिने सम्भावना उच्च छ । किनकी टोलीले उनीमाथि थप विश्वास राख्नेछ । एकै खेलको प्रदर्शनको आधारमा हटाउने सम्भावना भने देखिदैन ।

मलेसियाले नेदरल्यान्ड्ससँग पराजित भएपनि उच्च प्रतिस्पर्धा गरेको थियो । १ सय ९२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा १ सय ७६ रन बनाएको थियो । मलेसिया भारतीय मुलका युवा ब्याट्सम्यान विरानदीपसिंह नेपाललाई घातक बन्न सक्छन् । विरानदीपले नेदरल्यान्ड्सँग ८७ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।
त्यस्तै अर्का युवा ब्याट्सम्यान सायद आजिज घातक बन्न सक्छन् । एसिसी इस्टर्न रिजन टि२० एसिया छनोटमा नेपाललाई २२ रनले हराउन उनले ५१ रनको अर्धशतकीय इनिङ खेलेका थिए । अनवार अरुद्दीन, पवनदीप सिंह, कप्तान फाइज अहमद, शर्विन मुनीआन्दी, अमिनुदीन राम्ली र खिजार हायत नेपाललाई निराश बनाउन सक्छन् ।

हेड टु हेड :
नेपाल र मलेसियाबीच टि२० आईमा चार खेल भएका छन् । जसमा नेपाल ३ खेलमा विजयी हुँदा एक खेलमा पराजित भएको छ । पछिल्लो पटक नेपाल थाईल्यान्डमा एसिसी इस्टर्न रिजन एसिया छनोटमा पराजित भएको थियो । उक्त खेलमा नेपाल २२ रनले पराजित भएको थियो । सन् २०१९ मा नेपालले मलेसियासँग दुई टि२० आई सिरिज ७ विकेट र ६ रनले जितेको थियो । २०१९ मा सिंगापुरमा भएको टि२० विश्वकप एसिया रिजनल छनोटमा ७ विकेटले नेपालले मलेसियालाई पराजित गरेको थियो ।

मलेसियाको टोली : अहमद फाइज(कप्तान), विरानदिप सिंह, अमिनुदीन राम्ली, अनवर अरुदीन, अनवर रहमान, खिजार हायत, मुहमद वाफिक, शर्विन मुनींदी, पवनदीप सिंह, शफिक सरिफ, सायद अजिज, स्याजारुल इद्रस, दिभेन्द्रन मोगन, फिट्री शाम, ऐनूल हाफिज
नेपालको टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप जोरा, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम, कमलसिंह ऐरी, सुशन भारी
December 21, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो । त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]