5 years ago
April 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले टि२० आई क्रिकेटमा लगातार तेस्रो अर्धशतक प्रहार गरेका छन् ।

त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत नेपालको नेदरल्यान्ड्सविरुद्ध अर्धशतकका साथ आफ्नो टि२० आई करिअरको लगातार तेस्रो अर्धशतक प्रहार गरेका हुन् । कुशलले ४१ बलमा तेस्रो अर्धशतक प्रहार गरेका हुन् । नेपालबाट टि२० आईमा लगातार तेस्रो अर्धशतक प्रहार गर्ने कुशल एक्लो खेलाडी हुन् । कुशलले १३ औं ओभरको अन्तिम बलमा स्पिनर आर्यन दत्तलाई लङअफमा छक्का साथ अर्धशतक पूरा गरेका थिए ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले १३ ओभरमा २ विकेट गुमाउँदै १ सय १७ रन बनाएको छ । कुशलले ४१ ब्लमा ६ चौका र १ छक्का प्रहार गरे । उपकप्तान दीपेन्द्रसिंह ऐरीले २३ बलमा ३ चौका र २ छक्का सहित ४० रनमा खेल्दै टोलीलाई ठूलो योगफलको आशा देखाएका छन् । सुरुवाती दुई खेलमा शतकीय साझेदारी ओपनिङ गरेको नेपालले तेस्रो खेलको नेदरल्यान्ड्सविरुद्ध २० रन जोड्दा पहिलो विकेट गुमाउन पुगको । तीव्र गतिका बलर भिभिन किंगमाको बलमा आसिफ मिडअनमा बेन कुपर बाट शून्यमा क्याच आउट भएका थिए ।
दोस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र कुशलले ४३ रनको साझेदारी गरेका थिए । कप्तान तथा स्पिनर पिटर सिलारको बलमा ठूलो सट खेलेका ज्ञानेन्द्र डीप मिडविकेटमा बास डी लिडबाट २० रनमा क्याच आउट हुन पुगेका थिए । ज्ञानेन्द्रले १४ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
December 21, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो । त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]