5 years ago
April 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रथम पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारी विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) को पारा वरियतामा पर्न सफल भएका छन् ।

बिडब्लुएफले निकालेको वरियतामा अधिकारी ८१औं स्थानमा रहेका हुन् । उनले गत महिना दुवईमा सञ्चालन भएको पारा ब्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाएका थिए । उनले पारा ब्याडमिन्टन खेलमा अझै सहभागिता जनाउन पाए वरियतामा सुधार गर्न सक्ने देखिएको छ ।
भारतीय ब्याडमिन्टन प्रशिक्षक तथा द्रोणचार्य अवार्ड विजेता गौरव खन्नाले दुवईमा रहेका बेला नै प्रकाश आशालाग्दो खेलाडी रहेको बताएका थिए । खन्नाले आवश्यक परे आफ्नै प्रशिक्षण केन्द्रमा प्रशिक्षणको व्यवस्था मिलाउने बताएका थिए ।

अर्काे महिना स्पेनमा आयोजना हुने इन्टरनसनल पारा ब्याडमिन्टन प्रतियोगितामा नेपालको सहभागिता नहुने भएपछि अधिकारीको टोकियो ओलम्पिक २०२० को पाराओलम्पिकको लागि वाइल्ड कार्ड पाउने सम्भावना भने सकिएको छ ।
स्पेनको इन्टरनेसनल सिरिजमा सहभागिता जनाउने खेलाडीले ओलम्पिकको वाइल्ड कार्ड पाउने सम्भावना रहेको थियो । तर उनले त्यहाँ सहभागिता नजाउने भएपछि उनी पाराओलम्पिक खेल्नबाट चुकेका छन् ।
December 21, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो । त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]