default_image

5 years ago

April 22, 2021

‘क्रिकेट खेल्न सम्म कीर्तिमानको अवसर आईराख्छ’ – करण

234 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसीले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत मलेसियासँग लिग चरणको अन्तिम खेलमा विहिबार विष्फोटक ब्याटिङ गरे । नेपाललाई कुल २ सय १७ रनको योगफल बनाउन करणले मात्र १३ बलमा ७ छक्का सहित ४५ रनको इनिङ खेले ।

एक समय करण भारतीय क्रिकेट टोलीका पूर्व ब्याट्सम्यान युवराज सिंहको विश्व कीर्तिमान बराबरी गर्ने अवस्थामा पुगेका थिए । विश्व क्रिकेटमा सर्वाधिक छिटो अर्धशतक युवराजले सन् २००७ मा इंग्ल्यान्डविरुद्ध १२ बलमै अर्धशतक पूरा गरेका थिए । उक्त कीर्तिमान करणलाई बराबरी गर्ने अवसर बिहिबार टियु मैदानमा थियो । १९ औं ओभरको दोस्रो बलमा करणले मोहम्मद वासिफकलाई लङअफमा छक्का प्रहार गरेपछि ११ बलमा ४४ रन बनाएका थिए । अर्को बलमा छक्का हान्न सकेको भए करणले टियु मैदानमा विश्वमा सर्वाधिक छिटोको अर्धशतक बराबरी गराउथें । फुलर लेन्थ बलमा करणले एक रन मात्र बटुल्न सकेका थिए ।


‘मेरो भूमिका यस्तै हो । खेललाई फिनिस गर्ने । तीन ओभर बाँकी थियो । सुरुमा एउटा बाउन्ड्री लिन्छु भन्ने थियो । कहिले काहिँ लागेको लागै हुन्छ । आज त्यस्तै अनुभव भएको थियो’, करणले खेल पछि भने । करणले शक्तिशाली सर्ट प्रहार गरेका थिए । यस्तो शक्ति कहाँबाट आउछ भन्ने रोचक प्रश्नमा करण हाँस्दै फिटनेशको कारण जवाफ दिएका थिए ।


युवराजको कीर्तिमान बराबर गर्ने अवसर थियो नि भन्ने प्रश्नमा करणले भने, ‘जब सम्म खेलिन्छ तव सम्म विश्व कीर्तिमान बन्न सक्छ । आज चुके आशा छ आगमी दिनमा लाग्ने छ । त्यसमा कुनै पछुतो छैन । राम्रो भयो । लागेको भए अझ राम्रो हुन्थ्यो । टोलीलाई जसरी पनि २ सय कटाउछु भन्ने थियो ।


‘मैदानमा ब्याटिङ गर्दा कीर्तिमान थाहा थिएन । तर बाहिर बाट एउटा छक्का चाहिँयो भन्दा पक्कैपनि कीर्तिमानको लागि भनेको होला भन्ने अनुभव भने भई सकेको थियो । हान्छु भनेर सोचेकै थिए । तर बलर राम्रो बल फाल्यो । आक्रामकको लागि दिन हुनुपर्छ । नेपाललाई जिताउछुनै भनेर खेल्छु । दिन हुँदा लाग्छ । नहुँदा लाग्दैन । प्रशिक्षकले समय लिएर आफ्नो शक्तिलाई प्रयोग गर्नु भन्ने सुझाव दिनु भएको छ’, उनले भने ।

चोटका कारण आफ्नो पूरानो लयमा फर्किन नसकेको बताउँछन् । ‘दुखाई अझै पनि छ । डाक्टरले खेल्दा खेल्दै दुखाई कम हुने बताएका छन् । त्यसैले बलिङ शैलीमा केहि परिवर्तन छ । पूर्ण विश्वास आएको छैन, उनले भने । कहिले काहिँ तल्लोक्रमबाट माथि आएर ब्याटिङ गर्न मन लाग्दैन भन्ने प्रश्नमा करणले भने, टिम राम्रो छ । रामै गरि राखेको छ । टोलीमा ६,७ ब्याट्सम्यान छ । कहिले काहिँ माथि खेलौ भन्ने अनुभव त हुन्छ । तर जहाँ छ त्यहिँ ठिक छ’, उनले टुङ्गाए ।

करण १६ औं ओभरको पाँचौं बलमा ब्याटिङको लागि आएका थिए । १७ औं ओभरको चौथो र पाँचौं तथा १८ औं ओभरको अन्तिम तीन बलमा करणले लगातार छक्का प्रहार गरेका थिए । दुई छक्का शर्विन मुनींदी र तीन छक्का दिभेन्द्रन मोगनलाई प्रहार गरेका थिए । समग्रमा १८ औं ओभरमा ४ छक्का प्रहार गरेका थिए ।

डबल राउन्ड रोविनमा नेपाल ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ लिगमा शीर्ष स्थानमा रह्यो । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रो खेलमा मलेसियालाई ९-९ विकेटले हराएको थियो । नेदरल्यान्ड्सँग दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्स ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरीका साथ ५ अंकका साथ दोस्रो स्थानमा रह्यो । मलेसिया ४ खेलमा ३ मा हार र १ मा बराबरीका साथ १ अंक जोड्दै पुछारमा रह्यो । फाइनलमा नेदरल्यान्ड्स र नेपाल यसअघिनै पुगि सकेका थिए । फाइनल शनिवार हुने छ ।

December 21, 2025

आर्सनल पुनः शीर्ष स्थानमा उक्लियो

एजेन्सी – आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो । त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो […]

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

Success

Thank you for your time.