default_image

5 years ago

April 24, 2021

न्यु डायमन्ड र एपिएफ उपाधिका लागि भिड्दै

159 views

0 Bookmark

तातोपानी (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय नेपाल एपिएफ क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज (शनिबार) प्रतिस्पर्धा गर्दैछ ।

फाइनल खेल भोटेकोशी गाँउपालिका २ स्थित तातोपानी आधारभुत विद्यालयको खेल मैदानमा दिउँसो २ बजेपछि हुनेछ । त्यसअघि तेस्रो स्थानको लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच बिहान ९:३० बजेपछि प्रतिस्पर्धा हुनेछ । डायमन्डले पुलिसलाई तथा एपिएफले आर्मीलाई समान ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

एनभिए लिग विजेता डायमन्ड एपिएफलाई पराजित गर्दै यस वर्षको पहिलो उपाधि जित्ने लक्ष्यमा कोर्टमा उत्रनेछ । टोलीसँग राष्ट्रिय टोलीका कप्तान समेत रहेका अरुणा शाही, प्रतिभा माली, सलिना श्रेष्ठ तथा कप्तान ललिता नाथको साथ रहेको छ । यस्तै यस प्रतियोगितामा उच्च प्रदर्शन गरिरहेका झरना श्रेष्ठ, वालमिका आचार्य र रिमा कुँवर पनि टोलीमा रहेका छन् । रिया कुँवर, प्रगति नाथ, पनामिका राई, प्रतिक्षा गुरुङ र एन्जिला प्रधान पनि टोलीमाआवश्यक पर्दा जिम्मेवारी निभाउन सक्छन् ।

यता, विभागीय नेपाल एपिएफ क्लब पनि लयमा रहेको डायमन्डलाई पराजित गर्दै वर्षको पहिलो उपाधि जित्ने लक्ष्यमा कोर्टमा उत्रनेछ । तर, एपिएफले एकरुपताको प्रदर्शन गर्न सकेको छैन । टोलीसँग सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा विष्ट, हीरा केसी, कप्तान विनिता बुढाथोकी, रेश्मा भण्डारी, नेविका चौधरी, पुजा चौधरी, मनिषा तामाङ, रस्मिता दुरा र कविता भट्टलगायतका खेलाडी छन् ।

यि दुई टोलीको पछिल्लो तीन भेटमा एपिएफ दुई खेलमा विजयी हुदा डायमन्डले एक खेल आफ्नो पक्षमा पारेको छ । गत माघमा पोखरामा सम्पन्न प्रथम टाइगर कप आमन्त्रण खुल्ला राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको लिग चरण र फागुनमा नेपालगन्जमा सम्पन्न सातौ प्रधानमन्त्री कपको लिग चरणमा एपिएफले डायमन्डलाई हराएको थियो । डायमन्डले गत चैतमा सम्पन्न पाँचौ संस्करणको आरबीबी एनभिए क्लब लिगको लिग चरणमा एपिएफलाई हराउन सफल भएको थियो ।

गत वर्ष राष्ट्रिय स्तरको तीन ठुला प्रतियोगिता हुदा तीन टोलीले समान एक-एक उपाधि जितेका छन् । टाइगर कपमा पुलिसले एपिएफलाई हराउँदै उपाधि जित्दा डायमन्ड तेस्रो भएको थियो । नेपालगन्जमा एपिएफले हारको बदला लिदै पुलिसलाई हराउँदै च्याम्पियन बन्दा त्यहाँ पनि डायमन्ड तेस्रो भएको थियो । एनभिए लिगमा डायमन्डले पुलिसलाई हराउँदै उपाधि जित्दा एपिएफ तेस्रो भएको थियो । अर्काे विभागीय टोली आर्मी सबै तीन प्रतियोगितामा चौथो भएको थियो ।

त्यसअघि आर्मी र पुलिसले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । आर्मीले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरेपनि अन्तिम समयमा लय गुमाउँदा नतिजा भने हासिल गर्न सकेको छैन । एपिएफविरुद्ध शुक्रबार सेमिफाइनलमा पनि आर्मीको सोहि कमजोरी दोहोरिएको थियो । यसपटक भने आर्मी चौथो स्थानबाट माथि उठ्ने प्रयासमा हुनेछ । पुलिस भने फाइनल पुग्न नसकेको पिडालाई बिर्साउन आर्मीविरुद्ध जित हासिल गर्ने लक्ष्यमा हुनेछ ।

प्रतियोगितामा ५ टोलीको सहभागिता रहेका थियो । प्रतियोगिताको विजेताले ३ लाख, दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख उपाधिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुने टोलीले ५० हजार प्राप्त पाउनेछ । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेन्टर र प्रशिक्षकले ७–७ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार पुरस्कार पाउनेछन् ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.