default_image

3 years ago

April 24, 2021

नेपाल र नेदरल्यान्ड्सको सम्भावित प्लेइङ–११

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा आज उपाधिको लागि नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ । खेल दिउँसो १ : १५ बजे टियु क्रिकेट मैदानमा सुरु हुने छ । नेपालको कप्तानी ज्ञानेन्द्र मल्ल र नेदरल्यान्ड्सको पिटर शिलारले गर्ने छन् । नेपाल लिग विजेता र नेदरल्यान्ड्स उप विजेताको रुपमा फाइनलमा स्थान बनाएका हुन् । […]

50 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा आज उपाधिको लागि नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ । खेल दिउँसो १ : १५ बजे टियु क्रिकेट मैदानमा सुरु हुने छ । नेपालको कप्तानी ज्ञानेन्द्र मल्ल र नेदरल्यान्ड्सको पिटर शिलारले गर्ने छन् ।

नेपाल लिग विजेता र नेदरल्यान्ड्स उप विजेताको रुपमा फाइनलमा स्थान बनाएका हुन् । अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ ले पराजित गरेको थियो । नेदरल्यान्ड्सले मलेसियासँग बराबरी गरेको थियो । नेपालले नेदरल्यान्ड्स र मलेसियालाई ९–९ विकेटले हराएको थियो । दोस्रो खेलमा भने नेदरल्यान्ड्सँग ३ विकेटले पराजित हुन पुगेको थियो । नेदरल्यान्ड्सले मलेसियालाई पहिलो खेलमा १५ रनले हराएको थियो । दुबै टोलीको समग्रमा बलिङ केहि कमजोर देखिएको छ । फाइनलमा बलिङ बलियो बनाउनतर्फ ध्यान दिने छन् ।

नेपालको सम्भावित प्लेइङ ११

फाइनलमा नेपालको टोलीमा कम्तिमा एक परिवर्तन निश्चित जस्तै छ । ब्याटिङमा सानदर प्रदर्शन गरेको नेपालले बलिङमा पनि त्यस्तै प्रदर्शन चाहन्छ । ओपनर आसिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पहिलो खेलमै नेदरल्यान्ड्सविरुद्ध डेब्यू गर्दै १ सय १६ रनको साझेदारी गरेका थिए । कुशलले ६२ र आसिफले ५४ रन जोडेका थिए ।

दोस्रो खेलमा मलेसियाविरुद्ध १ सय २ रनको शतकीय साझेदारी गर्दै ९ विकेटको सहज जित दिलाएका थिए । कुशलले सुरुवाती तीनै खेलमा अर्धशतकका साथ विश्व कीर्तिमान बनाएका थिए । आसिफले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् । नेपालको ओपनिङमा फेरबदलको कुनै सम्भावना छैन । मध्यक्रममा पनि नेपालले परिवर्तन गर्ने ठाउँ देखिदैन । कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरी रहने छन् । आरिफ शेख र कुशल मल्ल मध्य एकलाई खेलाउने छ ।

आरिफलाई पहिलो खेलपछि नेपालले बेन्चमा राख्दै आएको छ । कुशल मल्ल तल्लोक्रममा आक्रामक ब्याटिङ गर्ने गर्दछन् । देब्रे हाते खेलाडी हुँदा रणनीति हिसाब र स्पिनको पार्टटाइमा राम्रो विकल्प हुँदा कुशल मल्ल पहिलो रोजाईमा खेल्ने देखिन्छ । विकेटकिपर विनोद भण्डारीलाई भने तल्लोक्रममा आक्रामक ब्याटिङ गर्न आवश्यक देखिन्छ ।

नेपालले तीन तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी र अभिनाश बोहरालाई खेलाउने छ । अभिनाश डेथ ओभर स्पेलिष्ट हुन् । अभिनाश टोलीमा फर्किदा कमलसिंह ऐरी बेन्चमा बस्ने छन् । कमलले मलेसियाविरुद्ध डेब्यू खेलमा ३ विकेट लिएका थिए । स्पिनरमा सन्दीप लामिछानेलाई साहब आलम र सुशन भारी मध्य एकले मौका दिने छन् । मलेसियाविरुद्ध ३ ओभरमा ३६ रन खर्चेका सुशनको भन्दा साहबको सम्भावना बढी छ ।


नेदरल्यान्ड्सको सम्भावित प्लेइङ ११


पछिल्लो खेलमा विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्सको मनोबल उच्च छ । ओपनिङ टोबियस भिसे र म्याक्स ओडाउडले गर्ने छन् । ओडाउडले मलेसियाविरुद्ध १ सय ३३ रनको उत्कृष्ट इनिङ खेलेका थिए । तर नेपालविरुद्ध भने दुबै खेलमा सस्तैमा आउट भएका छन् । दुबै खेलमा सन्दीपले ओडाउडलाई आउट गरेका थिए । मलेसियाविरुद्ध विश्राम गरेका ओडाउड फाइनलमा टोलीमा फर्किने छन् । टोबियस भिसेले भने राम्रो प्रदर्शन गर्न सकेका छैनन् । स्कर्ट एडवार्ड्सलाई ओपनिङ वा तल्लोक्रममा खेलाउने छ ।

तेस्रो नम्बरमा बेन कुपर रहने छन् । नेपाललाई हराउन कुपरले ५५ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । पछिल्लो खेलमा मलेसियाविरुद्ध अर्धशतक बनाएका थिए । यस सिरिजमा युवा अलराउन्डर बास डी लिडलेउच्च प्रदर्शन गरेका छन् । उनले नेपालसँग पहिलो खेलमा ४१ र दोस्रोमा ८१ रन जोडेका थिए । मध्यक्रममा कुपर, लिड र एन्टोनियस स्टाललाई खेलाउने सम्भावना देखिन्छ । कप्तान पिटर शिलार फिनिसरको रुपमा रहने छन् ।

तीव्र गतिको बलरमा पाउल भान मिकेरेन, भिभियन किंग्मा र सेबस्टियान ब्राटलाई खेलाउने छ । भिभियन र ब्राटले मलेसियाविरुद्ध बराबरी गर्न राम्रो प्रदर्शन गरेका थिए । लिड राम्रो पार्टटाइम विकल्प भएका बलर हुन् । स्पिन आक्रामणमा शिलारलाई आर्यन दत्तले साथ दिन सक्छन् ।

नेपालको सम्भावित प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, कुशल मल्ल, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने र साहब आलम ।

नेदरल्यान्ड्सको सम्भावित प्लेइङ ११ : पिटार सीलार (कप्तान), बेन कुपर, टोबियस भिसे, म्याक्स ओडिवड, बास डी लिड, स्कर्ट एडवार्डस, आर्यन दत्त, पल भान मीकेरन, भिभिन किंगमा, सेबस्टियान ब्राट र एन्टोनियस स्टाल ।

April 28, 2024

राजस्थानको लखनऊविरुद्ध सहज जित

एजेन्सी – जारी इंडियन प्रिमियर लिग (आईपिएल) को शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले अंकदूरी बढाएको छ । नवौं खेलमा आठौ जित दर्ता गर्ने क्रममा राजस्थानले लखनऊ सुपर जाएन्ट्स माथि ७ विकेटको सहज जित दर्ता गरेको हो । लखनऊले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी छँदै लक्ष्य ३ विकेट मात्र गुमाएर भेटायो । […]

April 27, 2024

लिभरपुलको वेस्ट ह्यामविरुद्ध बराबरी

एजेन्सी – इंग्लिश प्रिमियर लिग उपाधि दावेदार मानिएको लिभरपुल लाई उपाधि आकांक्षामा अर्को धक्का लागेको छ । पछिल्लो समय खराब लयमा रहेको लिभरपुल आज भएको खेलमा वेस्ट ह्याम विरुद्ध २-२ को बराबरीमा रोकिएको हो । पछि परेको अवस्था उल्ट्याउँदै अग्रता लिएको लिभरपुल अन्तिममा भने बराबरीमा रोकियो । ४३औं मिनेटमा जेरड बावेनले मोहम्मद कुडुसको क्रसमा हेडर […]

April 27, 2024

राष्ट्रिय महिला भलिबलमा निरुता सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन नेपाल एपिएफ क्लबकी स्पाइकर निरुता ठगुन्ना सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन् । एपिएफलाई अपराजित रहेर च्याम्पियन बनाउन निरुताले सबै खेलमा सानदार प्रदर्शन गरेकी थिइन् । सर्वाेत्कृष्ट बनेसँगै निरुताले ५० हजार रुपैयाँसँगै ट्रफी प्राप्त गरेकी छिन् । व्यक्तिगत विधामा पनि च्याम्पियन एपिएफकै खेलाडीको वर्चश्व […]

Success

Thank you for your time.