default_image

5 years ago

April 25, 2021

कुशल मल्लको विश्व कीर्तिमान

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – देबे हाते युवा ब्याट्सम्यान कुशल मल्लले टि२० आई क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक प्रहार गर्ने विश्व कीर्तिमान बनाएका छन् । त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध कुशलले २४ बलमा ५ छक्का र २ चौका सहित ५० रनमा अविजित थिए ।

उक्त अर्धशतक कुशलले १७ वर्ष ५० दिनको उमेरमा पूरा गरेका थिए । जुन टि२० आईमा सबैभन्दा कम उमेरमा बनेको अर्धशतक हो ।यसअघि उक्त विश्व कीर्तिमान युगान्डाका ब्याट्सम्यान फ्रान्क अक्कांवासाले कतारविरुद्ध १७ वर्ष ५२ दिनमा ६६ रनको इनिङ खेलेका थिए । कुशलले उक्त कीर्तिमान २ दिनले अघि तोडेका हुन् । युगान्डाका ब्याट्सम्यान फ्रान्कअघि सन्दीप जोराले २०१९ मा जनवरीमा यूएईविरुद्ध टि२० आईमा डेब्यू गर्दै ५३ रन बनाएका थिए । उक्त समय सन्दीप जोरा १७ वर्ष १ सय ३ दिनका थिए ।


कुशलले गतवर्ष आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अमेरिकासँग डेब्यू गर्दै ५५ रन बनाउँदै विश्व कीर्तिमान बनाएका थिए । कुशलले उक्त समय १५ वर्ष ३ सय ४० दिनमा ५१ रन बनाएका थिए । त्यसअघि रोहित कुमार पौडेलले २०१९ मा यूएईविरुद्ध १६ वर्ष १ सय ४६ दिनमा ५५ रनको इनिङ खेलेका थिए ।

कुशलको ५०, दीपेन्द्रको ४८ र कुशल भुर्तेलको ७७ रनको सहयोगमा नेपालले आफ्नो टि२० क्रिकेटकै सर्वाधिक योगफल २ सय ३८ रन बनाएको थियो । नेदरल्यान्ड्सलाई ९६ रनमा अल आउट गर्दै नेपालले १ सय ४२ रनको कीर्तिमानी रन अन्तरले हराएको थियो । जुन नेपालले टि२० आईमा जितेको सर्वाधिक फराकिलो अन्तरको जित हो ।

December 21, 2025

आर्सनल पुनः शीर्ष स्थानमा उक्लियो

एजेन्सी – आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो । त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो […]

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

Success

Thank you for your time.