5 years ago
April 29, 2021
पोखरा (हाम्रो खेलकुद) – दीपक मनाङेका रुपमा परिचित राजीव गुरुङ गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् ।

गण्डकी प्रदेश सरकार जोगाउनका लागि मनाङलाई मन्त्री बनाइएको बताइएको छ । प्रदेश मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार उनलाई मन्त्री नियुक्त गरेका हुन् । बिहीबार नै उनले सपथ लिएका छन् । मनाङे आपराधिक पृष्ठभूमिसहित ज्यान मुद्दाका अभियुक्त हुन्। सांसदमा निर्वाचित हुनुअघि मनाङे जेलमा थिए। मनाङेविरुद्ध ज्यानसम्बन्धी मुद्दा अदालतमा छ।
मनाङे २०७४ सालको मंसिर १० गते सम्पन्न प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार थिए । तत्कालीन नेकपा एमालेको समर्थनमा उनले निर्वाचन जितेका थिए । मनाङको प्रदेश (ख) बाट प्रदेश सभामा एक हजार चार सय १० मत ल्याएर स्वतन्त्र उम्मेदवारमा मनाङे विजयी भएका थिए ।

बुधबार गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुन नसकेपछि मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीको अवस्था बेपत्ता भएको भन्दै बुधबारको प्रदेशसभा बैठक अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित भएको छ ।
December 21, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो । त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]