5 years ago
May 2, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २८ औं खेलमा राजस्थान रोयल्सविरुद्ध सनराइजर्स हैदराबादले पहिला बलिङ गर्ने भएको छ । अरुण जेटली स्टेडियम दिल्लीमा हैदराबादका नवनियुक्त कप्तान केन विलियम्सनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

हैदराबादले टोलीमा तीन परिवर्तन गरेको छ । पूर्व कप्तान डेविड वार्नरलाई बेन्चमा राखेको छ । वार्नरको स्थानमा स्पिन अलराउन्डर मोहम्मद नाबीले मौका पाएका छन् । त्यस्तै भुवनेश्वर कुमार र अब्दुल सामद टोलीमा फर्किएका छन् । वार्नर , गजदिश सुचिथ र सिद्धार्थ कौल टोलीको बेन्चमा छन् ।
राजस्थानले टोलीमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर जयदेव उनादकटलाई बेन्चमा राख्दा तीव्र गतिका बलर कातिक त्यागीलाई मौका दिएको छ । युवा ब्याट्सम्यान अनुज रावतलाई डेब्यू गराएको छ । शिवम दुबेलाई बेन्चमा राखेको छ ।
हैदराबाद ६ खेलमा १ मा जित र ५ मा हार सहित पुछारमा छ । राजस्थान समान खेलमा २ मा जित र ४ मा हार सहित सातौं स्थानमा छ । राजस्थानसँग खेल्नुअघि हैदराबादले कप्तान परिवर्तन गरेको थियो । डेविड वार्नरलाई हटाउदै विलियम्सनलाई जिम्मेवारी दिएको थियो । हैदराबाद विलियम्सनको कप्तानीमा टोलीमा परिवर्तनका साथ उत्कृष्ट नतिजा निकाल्न चाहन्छ ।
हैदराबादको प्लेइङ ११ : जोनी बेयरस्टो (विकेटकिपर), केन विलियम्सन (कप्तान), मनिष पाण्डे, केदार जाधव, विजय शंकर, अब्दुल सामद, मोहम्मद नाबी, राशिद खान, भुवनेश्वर कुमार, सन्दीप शर्मा र खलिल अहमद ।
राजस्थानको प्लेइङ ११ : जस बटलर, यशस्वी जैसवाल, सन्जस स्यामसन (कप्तान), अनुज रावत, डेविड मिलर, रयान पराग, राहुल टेवाटिया, क्रिस मोरिस, कार्तिक त्यागी, चेतन सकारिया र मुस्ताफिजुर रहमान
हेड टु हेड :
राजस्थान र हैदराबादबीच कुल १३ खेल भएको छ । राजस्थान ६ र हैदराबाद ७ खेलमा विजयी भएको छ । गतवर्ष पहिलो खेलमा राजस्थान ५ विकेटले विजयी हुँदा दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो । पछिल्ला पाँच खेलमा हैदराबाद ३ खेलमा विजयी हुँदा २ खेलमा पराजित भएको छ ।
अंक तालिका
चेन्नई सुपर किंग्स ७ खेलमा ५ जित र २ मा हार सहित १० अंक सहित शीर्षस्थानमा छ । दिल्ली क्यापिटल्स ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । मुम्बई इन्डियन्स ७ खेलमा ३ मा हार र ४ मा जित सहित ८ अंक बटुल्दै चौथो स्थानमा छ ।
पन्जाब ७ खेलमा ४ मा हार र ३ मा जित सहित ६ अंक जोड्दै पाँचौं स्थानमा छ । कोलकाता ७ खेलमा ५ मा हार र २ जित सहित ४ अंकका साथ छैटौं स्थानमा छ । राजस्थान रोयल्स ६ खेलमा ४ मा हार र २ मा जित सहित ४ अंकका साथ सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद ६ खेलमा ५ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ । मुम्बईले अव मंगलबार हैदराबादसँग खेल्ने छ । चेन्नईले बुधबार राजस्थान रोयल्ससँग खेल्ने छ ।
December 21, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो । त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]