5 years ago
May 3, 2021
एजेन्सी – श्रीलंका स्टार अलराउन्डर थिसारा परेराले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । ३२ वर्षिय श्रीलंका विश्वकप विजेता अलराउन्डर परेराले सोमवार अप्रत्याशित रुपमा सन्न्यासको घोषणा गरेका छन् ।

सन् २०१४ मा श्रीलंकाले टि२० विश्वकप उपाधि जित्दा थिसारा परेरा टोलीका प्रमुख सदस्य थिए । तीव्र गतिमा बलिङ गर्ने परेराले तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । ओडिआई र टि२० आई क्रिकेट दुबैमा ह्याट्रिक लिएका छन् । परेराले श्रीलंकाबाट ६ टेष्ट, १ सय ६६ ओडिआई र ८४ टि२० आई खेल खेलेका छन् ।
परेराले सन् २००९ मा कोलकातामा भारतविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए । परेराले ओडिआई १ सय ७५ विकेट लिदा कुल २ हजार ३ सय ३८ रन बनाएका छन् । बलिङमा उत्कृष्ट प्रदर्शन ६–४४ र ब्याटिङमा १ सय ४० रन छ । परेराले अन्तिम ओडिआई गत मार्चमा वेस्टइन्डिजविरुद्ध खेलेका थिए । परेराले टि२० आईम डेब्यू २०१० मा जिम्बावेविरुद्ध गरेका थिए ।

टि२० आईमा परेराले ५१ विकेट लिदा ब्याटिङमा १ हजार २ सय ४ रन बनाएका छन् । पछिल्लो पटक परेराले टि२० मार्चमा वेस्टइन्डिजविरुद्ध खेलेका थिए । टि२०मा उत्कृष्ट प्रदर्शन ६१ रन र ३–२४ रन छ । टेष्टमा उनले डेब्यू २०११ मा इंग्ल्यान्डविरुद्ध गरेका थिए । टेष्टमा ११ विकेट लिदा २ सय ३ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन ७५ रन र ४–६३ छ ।
पाकिस्तानविरुद्ध २०१२ मा अन्तिम खेल खेलेका थिए । सन् २०११ मा श्रीलंका विश्वकप फाइनलमा पुग्दा परेरा पनि टोलीमा महत्वपूर्ण सदस्य थिए । सन् २०१७ मा थिसारा परेराले सिमित ओभरमा श्रीलंका कप्तानी समेत गरेका थिए ।
परेराले सन् २०१३ मा दक्षिण अफ्रिका बलर रोविन पिटरसनलाई एकै ओभरमा पाँच छक्का, एक चौका र वाइड सहित कुल ३५ रन जोडेका थिए । अघिल्लो महिनामात्र लिष्ट ए खेलमा परेराले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।
December 21, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो । त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]