5 years ago
May 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्राईयाथलन संघले आफ्ना प्रशिक्षकहरुका लागि अनलाईन कोर्ष प्रदान गरेको छ । फिजियोलोजी अफ ट्राईयाथलन ट्रेनिङ–युथ एण्ड जुनियर्स बिषयक कोर्ष संघका महासचिव एवं प्रमुख प्रशिक्षक युवराज सुनुवारले प्रदान गर्नेछन् ।

ट्राईयाथलनको प्राविधिक पक्षलाई समेटेर कोर्ष संचालन गरिएको हो । करिव ५ हप्ता संचालन हुने कोर्षमा ट्राईयाथलनका १५ प्रशिक्षकहरुलाई ज्ञानपूर्ण कुराहरु प्रदान गरिने छ । कोर्षमा शारीरिक परिपक्वता, युवा खेलाडीहरुको शारीरिक र शारीरिक बिशेषता, प्रशिक्षण क्षमताको संवेदनशिल अवधि, एरोबिक सहनशिलता, शक्ति सहनशिलता, गति विकास र रेस बिशेषका बिषयमा अध्यापन गराईने छ ।
बिश्व ट्राईयाथलन संघले हालै संचालन गरेको ६ हप्ते कोर्षमा सहभागी भएका महासचिव एवं प्रमुख प्रशिक्षकले आफुले प्राप्त ज्ञानलाई नेपाली प्रशिक्षकहरुलाई प्रदान गर्न लागेका हुन् । कोभिडका कारण घरमै बस्न बाध्य प्रशिक्षकहरुलाई सक्रिय जीवनमा ल्याउने र समयको सदुपयोग गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको यस कोर्षले नेपाली प्रशिक्षकमा युवा र जुनियर खेलाडीहरुको विभिन्न क्षमतालाई कसरी बिकास गर्न सकिन्छ भन्ने ज्ञान प्राप्त गर्न सहज हुने र ट्राईयाथलन खेलको विकास गर्न मद्धत पुग्ने महासचिवको बिश्वास रहेको छ ।
December 21, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो । त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]