default_image

9 years ago

October 26, 2016

फुलमाया र असिम राष्ट्रिय एयर राइफल च्याम्पियन

155 views

0 Bookmark

 काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकी फुलमाया क्यापप्छाकी र सप्तरीका सुटिङका राष्ट्रिय च्याम्पियन बनेका छन् । राष्ट्रिय खुला सुटिङ प्रतियोगितामा बुधबार असिम यादव १० मिटर एयर राइफलमा स्वर्ण पदक जिते । फुलमायाले पनि व्यक्तिगत स्पर्धाको १० मिटर एयर राइफल पहिलो स्थान प्राप्त गरेकी हुन् ।
14875121_10155361904108032_674509289_n
सातदोबाटोस्थित सुटिङ रेन्जमा असिमले २ सय पूर्णाङ्कको फाइनलमा सर्वाधिक १ सय ७५ अंक जाडे । १ सय ७४ अंकमा सुनसरीका टीकाराम श्रेष्ठ दोश्रो र १ सय ५५ अंकमा नेपाल प्रहरीका हरिबहादुर थापा तेश्रो भए । पुरुष सरहकै पूर्णाङकमा फुलमायाले सर्वाधिक १९२ अंक प्राप्त गरिन् । महिलातर्फको शीर्ष तीनमै पुलिसका खेलाडी आए । १ सय ८५ अंकसाथ अस्मिता राई दोश्रो र १६५ अंकसाथ दुर्गा सिन्जाली तेश्रो स्थानमा रहे ।
एयर राइफलकै पुरुष टिम इभेन्टमा प्रहरी पहिलो, दाङ दोश्रो तथा नेपाल आर्मी तेश्रो बने । सोही स्पर्धाको महिलामा प्रहरी पहिलो, आर्मी दोश्रो र दाङ तेश्रो भए । नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठलगायतले विजेता खेलाडीलार्य पुरस्कृत गरे । चारदिने प्रतियोगितामा महिला र पुरुषमा समान २८/२८ खेलाडीले एयर राइफलका विभिन्न ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.