default_image

9 years ago

October 27, 2016

 सातौं राष्ट्रिय खेलकुद तेस्रो पटक स्थगित

190 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता तेस्रो पटक स्थगित हुने भएको छ । आउँदो मंसिर ८ गतेदेखि विराटनगरसहित पूर्वका विभिन्न शहरमा गर्ने भनिएको सातौं राष्ट्रिय प्रतियोगिता यसअघि गत बर्ष मंसिर र फागुनमा स्थगित गरिएको थियो ।

Keshav Bista

सरकारले उपब्ध गराएको बजेट आर्थिक निर्देशिका पारित नहुँदासम्म निकासा नहुने कारण देखाउँदै प्रतियोगिता स्थगित भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । मंसिरको २० देखि २५ गतेसम्म प्रतियोगिता गर्नेगरी स्थगित गर्न लागिएको राखेपले जनाएको छ ।
‘विविध कारणले गर्दा मंसिर ८ गतेदेखि गर्ने भनिएको खेकुद प्रतियोगिता स्थगित हुने निश्चीत भयो’ उहाँले भन्नुभयो, ‘२५ गते बस्ने बोर्ड बैठकले अर्को मिति तय गर्नेछ ।’ खेलकुद प्रतियोगिताका लागि आउने बजेटको प्रक्रिया लामो भएको कारण समयमा नै आर्थिक निर्देशिका पारित हुन नसक्दा प्रतियोगिता नै स्थगित गर्नु परेको विष्टले बताए । हरेक पटक नयाँ नीति घोषणा गर्दा विष्टले अब कुनै पनि हालमा सातौं राष्ट्रिय खेलकुद रोकिदैन भन्ने गरेका छन् । तर, उनकै झन्डै डेढ बर्षे कार्यकालमा तेस्रो पटक स्थागित भइसकेको छ । यसअघि पनि बजेट अभाव, मधेस आन्दोलन लगायतका कारण देखाउँदै प्रतियोगिता स्थगित गरिएको थियो ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.