5 years ago
June 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एसियन च्याम्पियनसिपको लागि शुक्रबारदेखि सुरु हुने भनिएको नेपाली राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण स्थगित भएको छ ।

नेपाल भलिबल संघका सचिव मनवीर छन्त्यालले नेपाली टोलीको प्रशिक्षण जेठ महिनाभरको लागि स्थगित गरिएको र असार १ बाट प्रशिक्षण शुरु गरिने हाम्रो खेलकुदलाई जानकारी गराए । राष्ट्रिय टोलीको प्रारम्भिक चरणमा परेका १५ भन्दा बढी खेलाडी उपत्यका बाहिर रहँदा आउन समस्या भएको र नेपाल सरकारले पनि निषेधाज्ञा जेठ महिना भरका लागि थपेका कारण सोही समयसम्म प्रशिक्षण स्थगित गरिएको उनले जानकारी गराए ।
यस्तै सचिव छन्त्यालले १ असारबाट सबै प्रक्रिया मिलाई प्रशिक्षण थालिने र प्रशिक्षण नरोकिने बताएका छन् । संघले राखेपबाट प्रशिक्षण संचालन तथा कभर्डहल प्रयोगका लागि आवश्यक स्वीकृति लिइसकेको छ । प्रशिक्षण अघि खेलाडीहरुको पिसिआर परिक्षण गरिनेछ ।
नेपाल भलिबल संघ (एनभिए)ले गत १४ जेठमा एसियन च्याम्पियनसिपको तयारीका लागि लक्षित गर्दै ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गर्दै २१ जेठबाट प्रशिक्षण शुरु गरिने बताएको थियो । संघले चैत्र तेस्रो आयोजना भएको पाँचौ आरबिबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप २०७७ को प्रदर्शनलाई आधार मान्दै संघकी उपाध्यक्ष निरोज मास्के संयोजक तथा राखेप मुख्य प्रशिक्षक प्रज्वल बहादुर सिंह र महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट सदस्य रहेको तीन सदस्यीय समितिले ३० खेलाडी छनोट गरेको हो ।

लिगमा च्याम्पियन बन्न सफल होंगान्जी न्यू डायमन्डबाट ७ खेलाडी टोलीमा परेका छन् । यस्तै विभागीय टोली एपिएफ र पुलिसबाट ७–७ तथा आर्मीबाट ८ खेलाडी टोलीमा परेका छन् । भरतपुर मेट्रोबाट सरस्वती कट्टेल बन्द प्रशिक्षणमा अटाएकी छिन् ।
यसपटक घोषणा गरिएको टोलीमा ९ खेलाडीले पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने अवसर पाएका छन् । सरस्वती जैसी, लक्ष्मी चन्द, सृष्टि खड्गी, रिया कुँवर, रिमा कुँवर, कामना विष्ट, पुजा चौधरी, झरना श्रेष्ठ र वालमिका आचार्य पहिलोपटक राष्ट्रिय टोलीमा बोलाइएका हुन् ।
जगदीश भट्ट नै टोलीको मुख्य प्रशिक्षक रहनेछ । ट्रेनरमा पुर्व कप्तान अन्जु श्रेष्ठ तथा व्यवस्थापकका निरोज मास्के रहेकी छिन् । प्रशिक्षक भट्टकै नेतृत्वमा नेपालले एभिसी सेन्ट्रल जोनमा स्वर्ण तथा १३औं सागमा रजत पदक जितेको थियो ।
बन्द प्रशिक्षणमा पर्न सफल ३० खेलाडीको नामावली :
प्रतिभा माली, सरस्वती चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, उषा विष्ट, हिरा केसी, अरुणा शाही, जानकी भण्डारी, कमला पुन, सलिना श्रेष्ठ, पुनम चन्द, रेश्मा भण्डारी, कामना विष्ट, मनिषा चौधरी, कविता भट्ट, शान्ति थारु, सरस्वति जैसी, शान्तिकला तामाङ, कृपा अधिकारी, लक्ष्मी चन्द, सृष्टि खड्गी, रिया कुँवर, संगम महतो, सरस्वती कट्टेल, रिमा कुँवर, पुजा चौधरी, झरना श्रेष्ठ, वालमिका आचार्य
वैकल्पिक खेलाडी : आरती सुवेदी, निशा चौधरी, प्रगती नाथ, पुष्पा शाही, पुष्पा चौधरी
टोली अनुसार नामावली :
आर्मी : सफिया पुन, सुनिता खड्का, जानकी भण्डारी, शान्ति थारु, सरस्वति जैसी, कृपा अधिकारी, सृष्टि खड्गी, संगम महतो
पुलिस : उषा भण्डारी, कमला पुन, पुनम चन्द, कामना विष्ट, मनिषा चौधरी, शान्तिकला तामाङ, लक्ष्मी चन्द,
एपिएफ: सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा विष्ट, हिरा केसी, रेश्मा भण्डारी, कविता भट्ट, पुजा चौधरी
न्यू डायमन्ड: प्रतिभा माली, अरुणा शाही, सलिना श्रेष्ठ, रिया कुँवर, रिमा कुँवर, झरना श्रेष्ठ, वालमिका आचार्य
भरतपुर : सरस्वती कट्टेल
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]