default_image

5 years ago

June 6, 2021

नेपालको त्रिकोणात्मक सिरिज स्पेनमा हुने पक्का

235 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल स्पेनमा हुने पक्का भएको छ । स्कटल्यान्डमा जुलाईमा हुने भनिएको उक्त त्रिकोणात्मक सिरिज स्पेनमा हुने पक्का भएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् ।

‘जुलाई तेस्रो साता स्पेनमा हुने टुङ्गो लागेको छ । त्यहाँको स्थानिय सरकारबाट मात्र स्वीकृति लिन बाँकी छ । हुने निश्चित छ । क्वारेनटाइनको समय, खेलाडी संख्या, उडान तालिका, खेल तालिका, भिषा प्रकृया र तयारी कहाँ हुने भन्ने मात्र बाँकी छ । भोली सम्म (सोमबार) सम्म सबै टुङ्गो लाग्छ’, चन्दले भने ।

नाम पठाउने तयारी गरि रहेको छ । क्यानले खेलाडीको संख्या २० जना माग गरेको छ । स साना कुरा बाँकी रहेपनि स्पेनमा हुने चाहिँ पक्का भएको चन्द बताउँछन् ।

तयारीमा समस्या

उक्त सिरिज हुन डेढ महिना बाँकी छ । तर नेपालले तयारी कहाँ गर्ने मुख्य समस्या छ । नेपालमा दोस्रो चरणको कोरोना महामारीको कारण सरकारको लकडाउनको कारण सम्भव देखिदैन । स्पेन नेपालको स्तरको टोली होईन ।

आइसिसी वरियतामा स्पेन ४० औं स्थानमा छ । स्पेनमा टोली छैन । यूएई ब्यस्त छ । ओमानले गर्मीको कारण गर्न नसकिने जवाफ दिएको छ । ओमानमा ४५ डिग्रीको तापक्रम छ । जसले नेपाललाई तयारीको समस्या हुने देखिन्छ । सानो देशमै गएर भएपनि अभ्यास गर्ने छ । कतारमा एक हप्ता अभ्यास गर्ने सम्भावना छ ।

स्पेनमा ओडिआई मान्यता मैदान

फुटबलको लागि विश्व प्रख्यात स्पेनमा ओडिआई स्तरको क्रिकेट हुने भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर स्पेनको अल्मेरियामा रहेको डेजर्ट स्प्रिंग्स क्रिकेट मैदानलाई आइसिसीले गत अप्रिलमा ओडिआई मान्यता दिई सकेको छ । जुन मैदानमा इंग्ल्यान्डका चर्चित काउन्टी क्लबहरु डर्बीशायर, लन्काशायर र सोमरसेट अभ्यास समेत गर्ने गर्दछन् । जुन मैदान निकै सुन्दर छ ।

आइसिसी विश्वकप लिग–२ एकदिवसिय त्रिकोणात्मक सिरिज २०२३ फेब्रुअरी सम्म चल्ने छ । सात टोली सहभागि सबै टोलीले होम अबे त्रिकोणात्मक सिरिज खेल्ने छन् । एक टोलीले कुल ३६ ओडिआई खेल खेल्ने छन् । शीर्ष तीन टोली २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् । पुछारका चार टोलीले क्वालिफायर खेल्नुपर्ने हुन्छ । क्वालिफायरमा शीर्ष दुईमा पर्न सके ग्लोबल छनोट खेल्ने अवसर पाउने छन् ।

२०१९ देखि सुरु भएको आइसिसी विश्वकप लिग–२ सिरिजमा नेपालले एक मात्र त्रिकोणात्मक सिरिज खेलेको छ । नेपालले गत वर्ष माघमा घरेलु मैदानमा ओमान र अमेरिकासँग खेलेको थियो । जसमा ओमानसँग दुई खेलमा पराजित हुँदा अमेरिकालाई दुवै खेलमा हराएको थियो ।
नेपालमा दोस्रो चरणको कोरोना महामारीको कारण क्रिकेट गतिविधि ठप्प छ ।

पछिल्लो पटक नेपालले बैशाखमा घरेलु मैदान टियुमा नेदरल्यान्ड्स र मलेसियासँगको त्रिकोणात्मक टि२० सिरिजमा सानदार प्रदर्शनका साथ उपाधि जितेको थियो । प्रशिक्षक डेभ ह्वाटमोर श्रीलंका फर्किसकेका छन् । स्पेनमा उक्त सिरिज हुने भएसँगै नेपाल फर्कने छन् । ह्वाटमोरको आगमनसँगै नेपाली क्रिकेटको ब्याटिङमा सुधारको संकेत र नयाँ आशा पलाएको छ ।

December 21, 2025

आर्सनल पुनः शीर्ष स्थानमा उक्लियो

एजेन्सी – आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो । त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो […]

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

Success

Thank you for your time.