5 years ago
June 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आसन्न भदौमा फिलिपिन्समा आयोजना हुने एसियन भलिबल च्याम्पियनसिपको लागि नेपाली महिला रााष्ट्रिय भलिबल टोलीले भोलि (मंगलबार) देखि प्रशिक्षण थाल्ने भएको छ ।

नेपाल भलिबल संघ (एनभिए) ले गत २१ जेठबाटै टोलीको प्रशिक्षण शुरु गर्ने तयारी गरेपनि निषेधाज्ञा र विविध कारणले टोलीको प्रशिक्षण जेठ महिनाभरको लागि स्थगित गरिएको थियो । नेपाल भलिबल संघका सचिव मनवीर छन्त्यालले प्रशिक्षणको लागि तयारी पुरा भएको जानकारी गराए । उनले शुक्रबारदेखि प्रशिक्षण हुने स्थल राखेप कभर्डहल सफा र हललाई डिसइन्फेक्सन गर्ने काम, खेलाडी, प्रशिक्षक तथा अफिसियलको पीसीआर परिक्षण गर्ने काम भएको बताएका छन् ।
उनका अनुसार प्रारम्भिक सुचीमा डाकिएका मध्ये २७ खेलाडीको पीसीआर परिक्षण भएको छ । पुलिसका तीन खेलाडी कामना विष्ट, पुनम चन्द र शान्तिकला तामाङ पुलिसकै आन्तरिक तालिममा रहँदा पीसीआर परिक्षणमा उपस्थित भएका छैनन् ।
संघले तीन दिन शुक्रबार, आइतबार र सोमबार खेलाडी तथा अफिसियलको पीसीआर परिक्षण गरेको थियो । त्यसमध्ये आइतबारसम्मको पीसीआर परिक्षणमा सबैको नेगेटिभ आएको छ । सोमबार गरिएको परिक्षणको नतिजा आइनसकेको र मंगलबार बिहानसम्म आइसकेको खण्डमा उनीहरु पनि प्रशिक्षणमा सामेल हुनेछन् ।

खेलाडी तथा अफिसियलहरुलाई प्रशिक्षण अवधिभर त्रिपुरेश्वरस्थित युनाइटेड विजनेस होटेलमा बस्नेछन् । मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्ट उपत्यका बाहिर रहेकाले पहिलो दिन सामान्य प्रशिक्षण मात्रै हुने सम्भावना छ । प्रशिक्षक भट्टले कागजपत्र मिलाएर एक दुई दिनमै काठमाडौं आउने बताएका छन् ।
संघले गत १४ जेठमा एसियन च्याम्पियनसिपको तयारीलाई लक्षित गर्दै चैत्र तेस्रो आयोजना भएको पाँचौ आरबिबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप २०७७ को प्रदर्शनलाई आधार मान्दै संघकी उपाध्यक्ष निरोज मास्के संयोजक तथा राखेप मुख्य प्रशिक्षक प्रज्वल बहादुर सिंह र महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट सदस्य रहेको तीन सदस्यीय छनोट समितिले ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो ।
लिगमा च्याम्पियन बन्न सफल होंगान्जी न्यू डायमन्डबाट ७ खेलाडी टोलीमा परेका छन् । यस्तै विभागीय टोली एपिएफ र पुलिसबाट ७–७ तथा आर्मीबाट ८ खेलाडी टोलीमा परेका छन् । भरतपुर मेट्रोबाट सरस्वती कट्टेल बन्द प्रशिक्षणमा अटाएकी छिन् ।
यसपटक घोषणा गरिएको टोलीमा ९ खेलाडीले पहिलोपटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने अवसर पाएका छन् । सरस्वती जैशी, लक्ष्मी चन्द, सृष्टि खड्गी, रिया कुँवर, रिमा कुँवर, कामना विष्ट, पुजा चौधरी, झरना श्रेष्ठ र वालमिका आचार्य पहिलोपटक राष्ट्रिय टोलीमा बोलाइएका हुन् ।
जगदीश भट्ट नै टोलीको मुख्य प्रशिक्षक रहनेछ । ट्रेनरमा महिला भलिबल टोलीकी पुर्व कप्तान अन्जु श्रेष्ठ तथा व्यवस्थापकका निरोज मास्के रहने छिन् । प्रशिक्षक भट्टकै नेतृत्वमा नेपालले एभिसी सेन्ट्रल जोनमा स्वर्ण तथा १३औं सागमा रजत पदक जितेको थियो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]