4 years ago
June 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उसु महासंघले निषेधाज्ञाका कारण समस्यामा परेका काठमाडांै उपत्यकाका आफ्ना खेलाडीहरुलाई राहत वितरण गरेको छ ।

कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका खेलाडीहरुलाई विभिन्न स्थानमा पुगेर खाद्यान्नलगायतका राहत सामग्री वितरण गरेका हुन् । महासंघले मनमैजु, जावलाखेल र बौद्धमा राहत वितरण गरेको हो ।
खेलाडीहरुलाई राहत सामग्री लैजान सहज होस् भनेर विभिन्न स्थानमा पुगेर वितरण गरिएको नेपाल उसु महासंघका महासचिव लाक्पाछिरिङ लामाले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा ४५ जना उसु खेलाडीलाई राहत सामग्री वितरण गरिएको छ । राहत वितरणमा महासचिव लामासँगै कोषाध्यक्ष लानम लामा र सहकोषाध्यक्ष नारायण गिरीले संयोजन गरेका थिए ।
पहिलो चरणमा प्रत्येक खेलाडीलाई २५ केजी चामल, २ केजी दाल, एक लिटर तेल, एक प्याकेट नून, माक्सलगायतका सामग्री वितरण गरिएको थियो । राहत वितरणका लागि स्थापना गरिएको कोषमा बेल्जियममा रहेका मिङमार छिरिङ लामा तथा छम्जी लामाले एक लाख रुपैयाँ सहयोग गरेका थिए । यस्तै उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङबाट ६० हजार, उपाध्यक्ष हरि थापाबाट १० हजार, उपाध्यक्ष दुष्यन्त बस्नेतबाट १० हजार, कोषाध्यक्ष लानम लामाबाट पाँच हजार रुपैयाँ प्राप्त भएको महासंघले जनाएको छ ।
महासंघले आगामी दिनमा पनि राहत वितरण निरन्तर रुपमा सञ्चालन गर्न सेवा राहत कोष स्थापना गर्ने भएको छ । कोषमा जम्मा भएको रकमबाट खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीलाई राहत वितरण गर्ने योजना महासंघको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]