4 years ago
June 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले आइतबार खेलकुद पत्रकार र मन्त्रालयका कर्मचारीसँग एन्टी डोपिङबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

खेलकुद मन्त्रालयमा आइतबार भएको कार्यक्रममा वीर अस्पतालका अर्थाेपेडिक तथा ट्रमा सर्जन डाक्टर ज्ञानेन्द्र विक्रम शाहले विश्व र नेपालमा एन्टी डोपिङको अवस्थाबारे सहजीकरण गरेका थिए । डाक्टर शाहले अहिलेको अवस्थामा शक्तिबर्धक औषधी खाएर मात्रै डोपिङमा नपर्ने र लुकाएमा पनि त्यो डोपिङमा पर्ने बताएका छन् ।
यस्तै पहिले खेलाडीमात्रै डोपिङमा पर्दै आएकोमा अब खेलाडीमात्रै नभई, प्रशिक्षक, फिजियो र म्यानेजर पनि डोपिङको दायरामा आउदै कारवाहीको भागीदार हुने नियम आइसकेको बताएका छन् । यसअघि एन्टी डोपिङ हुदै आएपनि सन् २००३ मा संयुक्त राष्ट्र संघले यो प्रस्ताव पेश गर्दा २००५ मा यो प्रस्ताव पारित भएको थियो ।
नेपाले सन् २००९ मा यसबारेमा हस्ताक्षर गर्दा सन् २०१० मा संसदमा पारित भएको थियो । नेपालमा आठौं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलोपटक डोपिङ परिक्षण गरिएको थियो । छैटौं राष्ट्रिय खेलकुदमा पनि खेलाडीको डोपिङ परिक्षण भएको थियो ।
नेपालमा डोपिङ परिक्षण नरहेकोमा अहिले सबै नेपाल ओलम्पिक कमिटिले गर्दै आएको छ । नेपालले भारत र थाइल्यान्डमा गर्दै आएको ति दुवै ठाउको डोपिङलाई खारेजी गरेपछि अहिले नेपालको डोपिङ कतारमा हुदै आएको छ । टोकियो ओलम्पिकका लागि नेपाली खेलाडीको डोपिङ परिक्षण पनि कतारमै हुनेछ । डोपिङ जुनसुकै अवस्था (खेल अघि, खेलपछि , मेडल सेरेमोनी) पछि गर्न सकिनेछ ।
हरेक किसिमका औषधी डोपिङमा पर्न सक्ने र डाक्टरको सल्लाहमा औषधी खान सुझाव दिएका छन् । शक्तिबर्धक औषाधी विशेषगरी आर्चरी, सुटिङ, चेस, भारोत्तोलन, बक्सिङ, स्वीमिङलगायतका खेलका खेलाडीले गर्दै आएका छन् । डोपिङ रगत र पिसाव दुई तरिकाबाट गर्ने गरिन्छ । नेशनल एन्टी डोपिङ एजेन्सी राष्ट्रिय ऐनमा पारित भएको यो स्थापना हुन सकेको अवस्थामा सबैलाई सहज हुने उनले थपे ।
मन्त्रालयका सचिव केदार न्यौपानेले डोपिङको विषयमा खेलाडीसँगै सबै जानकार हुनुपर्ने बताएका छन् । खेलले छोटो समयमा थोरै लगानीमा धेरै सफलता हात पार्न सक्ने भएपनि शक्तिबर्धक औषधी सेवन गरेर जितेको पदकले भन्दा पनि पछि डोपिङबाट पदक खोसिदाको क्षण निकै नराम्रो हुने भन्दै उनले यस्तो कार्य नगर्न सबैलाई आग्रह गरेको छ । अन्तरक्रिया कार्यक्रममा करिव २० जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।
December 21, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो । त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]