default_image

9 years ago

November 1, 2016

च्याल्टीलाई ढुंखर्क फुटबल उपाधि

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– च्याल्टी स्पोर्टस क्लबले दोस्रो ढुखंर्क खुला फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । काभ्रेको ढुखंर्क ८ स्थित पार्वती उच्च माविको मैदानमा भएको फाइनलमा छिरिङ लामाको ह्याट्रिकमा च्याल्टीले अनन्त जीवन युवा क्लबलाई ४–१ ले हराएको थियो ।

dh1

पहिलो हाफमा १ गोल गरेका छिरिङले दोस्रो हाफमा दुई गोल थप्दै ह्याट्रिक पुरा गरेका थिए । विजयी टोलीका लागि अर्को गोल सुरज तामाङले गरेका थिए । अनन्त जीवनका लागि प्रकाश तामाङले एक गोल फर्काएका थिए ।
च्याल्टीले उपाधिसहित १५ हजार तथा अनन्त जीवनले १० हजार रुपैयाँ प्राप्त गरेको थियो । च्याल्टीका छिरिङ सर्वोत्कृष्ट खेलाडी घोषित भए भने अनन्त जीवन सन्तोष मगर उत्कृष्ट रक्षक र च्याल्टी निमा तामाङ उत्कृष्ट गोलकिपर चुनिए । पाँच दिने प्रतियोगितामा आयोजक ढुखंर्कको रियल चेल्सीका दुई टोलीसहित च्यासिङखर्च र चलाल गणेशस्थान गाविसका गरि १४ टोलीको सहभागिता थियो । आयोजकका दुवै टोली सेमिफाइनलमा पराजित भएका थिए ।

dh

नेपाली कांग्रेस गाँउ इकाइ समितिका सभापति प्रेमबहादुर तिमल्सिना, पार्वती उच्च माविका प्रधानाध्यापक गोविन्द शर्मा, ढुंखर्क उपस्वास्थ्य चौकीका इन्चार्ज सीताराम तिमल्सिना र नेपाल पत्रकार महासंघका केन्द्रिय समिति सदस्य समेत रहेको नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिनाले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।
आयोजक रियल चेल्सीका अध्यक्ष विवेक तिमल्सिनाले स्थानिय युवा खेलाडीमा रहेको प्रतिभा प्रदर्शन गर्ने अवसरका लागि प्रतियोगिता हरेक बर्ष आयोजना गरिने बताए ।

d1

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.