default_image

4 years ago

July 8, 2021

पाकिस्तानविरुद्ध इंग्ल्यान्डका पाँच खेलाडीको डेब्यू

137 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका पाँच खेलाडीले पाकिस्तानविरुद्ध पहिलो ओडिआई खेलमा डेब्यू गरेका छन् । कार्डिफमा इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । इंग्ल्यान्डले पाँच खेलाडीलाई डेब्यू दिएको छ ।

ओपनर फिलिप साल्ट, ज्याक क्रली, विकेटकिपर जोन सिम्पसन, अलराउन्डर लुईस ग्रेगरी र तीव्र गतिका बलर ब्रायडन क्रसले ओडिआईमा डेब्यू गरेका छन् । घरेलु टोली इंग्ल्यान्ड नयाँ स्वरुप रहेको छ । ओईन मोर्गनको कप्तानीमा घोषणा टोली मध्य तीन सदस्य खेलाडीमा कोरोना देखिएपछि पहिलो रोजाई १६ खेलाडीनै सेल्फ आइसेलेसनमा बसेका छन् । जसको कारण इंग्ल्यान्डले बेन स्टोक्सको कप्तानीमा १८ सदस्य नयाँ टोली घोषणा गरेको थियो । नौ अनक्याप्ड खेलाडी थिए । पाकिस्तानले अलराउन्डर साउद शकिललाई डेब्यू दिएको छ ।


हेड टु हेड :
पाकिस्तान र इंग्ल्यान्डबीच हालसम्म ८८ ओडिआई खेल भएको छ । पाकिस्तान ३२ खेलमा विजयी हुँदा ५३ खेल गुमाएको छ । पछिल्ला पाँच भेटमा इंग्ल्यान्ड चार खेलमा विजयी हुँदा एक खेलमा पराजित भएको छ ।


इंग्ल्यान्डको प्लेइङ ११ : फिलिप साल्ट, डेविड मलान, ज्याक क्रली, जेम्स भिन्स, बेन स्टोक्स (कप्तान), जोन सिम्पसन (विकेटकिपर), लुईस ग्रेगरी, क्रेग ओभरटन, ब्रायडनक्रस, सकिब मोहम्मद, म्याथ्यु पार्किसन ।

पाकिस्तानको प्लेइङ ११ : इमाम उल हक, फखर जमान, बाबर आजम (कप्तान), मोहम्मद रिजवान, साउद शकिल, सोहिल मकसूद, शादब खान, फहिम अशरफ, हसन अली, शाहिन अफ्रिदी र हरिस रौफ

December 21, 2025

आर्सनल पुनः शीर्ष स्थानमा उक्लियो

एजेन्सी – आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो । त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो […]

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

Success

Thank you for your time.