4 years ago
July 8, 2021
एजेन्सी – यसै महिनादेखि जापानमा आयोजना हुने टोकियो ओलम्पिक २०२० बन्द रंगशालामा हुने भएको छ । जापानमा कोरोना भाइरस (कोभिड–१९) को लहर पुनः बढ्दै गएपछि सरोकारवालसँगको छलफलपछि ओलम्पिक बन्द रंगशालामा गराउने निर्णय भएको हो ।

ओलम्पिकको जापानी आयोजक समिति, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि, टोकियोका पदाधिकारी र जापान सरकारका प्रतिनिधिहरु बीचको बैठकपछि ओलम्पिक मिनिस्टर तामायो मारुकावाले टोकियो क्षेत्रमा कोरोनाको प्रभाव बढ्दै गएपछि दर्शकविना टोकियो ओलम्पिक हुने घोषणा गरेका छन् । कोरोनाको प्रभाव बढ्दै गएपछि जापानी जनताहरुले ओलम्पिक नै स्थगित गर्नुपर्ने भन्दै ब्यानर प्रदर्शन गरेका छन् ।
टोकियो २०२० को प्रमुख सेइको हासीमोटोले कोभिडको प्रभाव बढिरहेको अवस्थामा यस्तो सन्देश जारी गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमस बाचले कोभिडको प्रभावबाट बच्न जापानी सरकारले लिने सबै आवश्यक कदमलाई सहयोग गर्ने बताएका छन् ।

उनले स्थगनको दिनदेखि नै यो जिम्मेवारी निभाइरहेको बताउँदै अझै पनि जापानी जनता र सबै सहभागीहरुको लागि सुरक्षित र ओलम्पिक र प्यारालम्पिक खेलहरु हुन आवश्यक रहेको कुनै पनि उपायलाई समर्थन गर्ने थपेका छन् । कोभिडको घट्नाहरु बढ्दै गइरहेको अवस्थामा जापानी प्रधानमन्त्री योशिहिदा सुगाले बिहीबार मात्रै ८ देखि २२ अगस्टसम्म आपतकालको घोषणा गरेका छन् ।
२३ जुलाईदेखि शुरु हुने ओलम्पिकमा १० हजार समर्थकलाई खेलहरुमा उपस्थित गराउने आयोजकले योजना बनाएको थियो । त्यसपछि ५ हजार समर्थकलाई खेलहरुमा प्रवेश दिने योजना बनाएपनि पछिल्लो घट्नाक्रमले बिना दर्शक नै खेल गराउने आयोजकले निर्णय गरेको छ ।
विश्व खेलकुदको कुम्भमेला ओलम्पिकमा ३३ खेलमा विभिन्न ३३९ इभेन्टमा करिव ११ हजार भन्दा बढी एथलिटले सहभागिता जनाउदैछन् । नेपालबाट पौडीबाट गौरिका सिंह र एलेक्सजन्डर शाह, १० मिटर एयर राइफल (सुटिङ) मा कल्पना परियार, १०० मिटर दौडमा सरस्वती चौधरी र जुडोकी सोनिया भट्टले ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछिन् । प्यारालम्पिकमा तेक्वान्दोकी पलेशा गोवर्दनले नेपालको चुनौती पेश गर्नेछिन् ।
December 21, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो । त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]