default_image

4 years ago

July 9, 2021

जिम्बावेविरुद्ध बंगलादेश बलियो अवस्थामा

109 views

0 Bookmark

एजेन्सी – जिम्बावेसँगको एक मात्र टेस्ट खेलमा भ्रमणकारी टोली बंगलादेश बलियो अवस्थामा छ । तेस्रो दिनको समाप्तिमा बंगलादेश दोस्रो इनिङमा १७ ओभरमा ४५ रन जोड्न कुनै विकेट गुमाएको छैन । समग्रमा बंगलादेशले २ सय ३७ रनको अग्रता लिएको छ । ओपनर शद्मान ईस्लाम २२ र सैफ हसन २० रनमा अविजित छन् ।

त्यसअघि जिम्बावे पहिलो इनिङमा २ सय ७६ रनमा अल आउट भयो । जिम्बावे पहिलो इनिङमा १ सय ९२ रनले पछि परेको थियो । जिम्बावेका ओपनर ताकुड्जवानाशे कैतानोले ३ सय ११ बलमा ९ चौका सहित सर्वाधिक ८७ रनको योगदान दिए । कप्तान ब्रेन्डन टेलरले ९२ बलमा १२ चौका र १ छक्का सहित ८१ रनको योगदान दिए । टेलर र कैतानोले १ सय १५ रनको शतकीय साझेदारी गर्दै जिम्बावेलाई राम्रो सुरुवात दिलाएका थिए ।

एक समय २२५–३ को अवस्थामा रहेको जिम्बावेले थप ५१ रन जोड्न ७ विकेट गुमाएपछि सस्तैमा अल आउट भएको थियो । ओपनर मिल्टन शुम्बा ४१, डियोन मेयर्स २७ र विकेटकिपर रेगिस चकब्वा ३१ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । बंगलादेशका स्पिनर मेहेदी हसनले पाँच र सकिब अल हसनले चार विकेट लिए । तस्किन अहमदको नाममा एक विकेट रह्यो ।

त्यसअघि पहिलो इनिङमा हरारे स्पोर्ट्स क्लबमा टस जितेर ब्याटिङ रोजेको बंगलादेश दोस्रो दिन १ सय २६ ओभरमा ४ सय ६८ रनमा अल आउट भएको थियो । महमूदुल्लाह २ सय ७८ बलमा १७ चौका र १ छक्का सहित १ सय ५० रनमा अविजित रहे । महमूदुल्लाह यो टेस्ट करिअरको पाँचौं र सर्वोत्कृष्ट प्रदर्शन हो । यसअघि टेस्टमा महमूदुल्लाह उत्कृष्ट प्रदर्शन २०१९ मा न्युजिल्यान्डविरुद्ध १ सय ४६ रन थियो । तस्किन अहमद १ सय ३४ बलमा ११ चौका सहित ७५ रनमा आउट भए ।

नवौं विकेटका लागि महमूदुल्लाह र तस्किनले १ सय ९१ रनको सर्वोत्कृष्ट शतकीय साझेदारी गरेपछि बंगलादेशले विशाल योगफल बनाएको थियो । नवौं विकेटका लागि भएको यो टेस्ट इतिहासकै दोस्रो ठूलो साझेदारी हो । यसअघि नवौं विकेटका लागि दक्षिण अफ्रिका मार्क बाउचर र प्याट सिमकोक्सले सन् १९९८ मा पाकिस्तानविरुद्ध १ सय ९५ रनको साझेदारी गरेका थिए ।

पहिलो दिन लिटन दास १ सय ४७ बलमा १३ चौका सहित ९५ रनमा क्याच आउट भएका थिए । दास आफ्नो टेस्ट करिअरको पहिलो शतक बनाउन पाँच रनले चुकेका थिए । तीव्र गतिका बलर डोनाल्ड तिरिपानोको ७९ औं ओभरको पहिलो बलमा फाइन लेगमा भिक्टर न्याउचीले डाइभ हान्दै उत्कृष्ट क्याच लिएपछि शतकको सपना अधुरै बनेको थियो ।

कप्तान मोमिनुल हक ९२ बलमा १३ चौका सहित ७० रनमा क्याच आउट भए । शद्मान ईस्लाम २३, मुश्फिकुर रहिम ११ र सकिब अल हसन तीन रनमा आउट भए । एक सयम १३२–६ को कमजोर अवस्थामा पुगेको बंगलादेशलाई सातौं विकेटका लागि लिटन दास र महमुदूल्लाह रियादले १ सय ३८ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । जिम्बावेका तीव्र गतिका युवा बलर ब्लेसिङ मर्जाबानीले सर्वाधिक चार विकेट लिए। डोनाल्ड तिरिपानो र भिक्टर न्याउचीले दुई दुई विकेट लिए ।

December 21, 2025

आर्सनल पुनः शीर्ष स्थानमा उक्लियो

एजेन्सी – आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो । त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो […]

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

Success

Thank you for your time.