4 years ago
July 10, 2021
एजेन्सी – तीव्र गतिका बलर ओबेद म्याककोय र स्पिनर हेडन वाल्श जुनियरको उत्कृष्ट बलिङको सहयोगमा वेस्ट इन्डिजले पहिलो टि२० आई खेलमा अष्ट्रेलियामाथि १८ रनको अप्रत्याशित जित निकालेको छ । यो सँगै वेस्ट इन्डिजले पाँच टि२० आई खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १६ ओभरमा १ सय २७ रनमा अल आउट भयो । सहज जिततर्फ अघि बढेको अष्ट्रेलिया मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यान चल्न नसक्दा अप्रत्याशित हार बेहोरेको हो । एक समय अष्ट्रेलिया १० ओभरमा १०५–४ को बलियो अवस्थामा थियो । जितको लागि अष्ट्रेलियालाई ६० बलमा ४१ रन आवश्यक हुँदा हातमा ६ विकेट थियो । अन्तिम १९ रन जोड्न ६ विकेट गुमाएपछि अष्ट्रेलियाले अप्रत्याशित हार बेहोरेको हो ।
अष्ट्रेलिया मिचेल मार्शले ३१ बलमा ५ चौका र २ छक्का सहित ५१ रनको योगदान दिएपनि एकल प्रयास जितको लागि पर्याप्त रहन सकेन । मार्शले २९ बलमा टि२० आई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए । स्पिनर फबिएन एलेनले दोस्रो ओभरको पहिलो बलमै कप्तान आरोन फिन्चलाई चार रनमा ईभिन लुइसबाट क्याच आउट गराए ।

अर्का ओपनर म्याथ्यु वेड १४ बलमा १ चौका र ३ छक्का सहित आक्रामक ३३ रन जोड्दै चोथो ओभरको अन्तिम बलमा क्याच आउट हुन पुगे । वेड आन्द्रे रसेलको बलमा शिम्रन हेटमायरबाट डिप प्वाइन्टमा क्याच आउट भएका थिए । युवा ब्याट्सम्यान जोश फिलिपे एक रनमा क्याच आउट हुन पुगे । एलेनको आठौं ओभरको पाँचौं बलमा मोइजेस हेनरिक्स १६ रनमा ड्वेन ब्राभोबाट क्याच आउट भए । हेनरिक्सले ८ बलमा २ छक्का प्रहार गरे । बेन म्याकडेरमोट दुई रनमा बोल्ड आउट हुन पुगे ।
१३ औं ओभरको तेस्रो बलमा मार्शलाई स्पिनर हेडेन वाल्श जुनियरले कट एण्ड बोल्ड आउट गरेपछि वेस्ट इन्डिजको झिनो आशा पलाएको थियो । आबेद म्याकोयले १४ औं ओभरको पाँचौं बलमा एश्टन अगरलाई एक रनमा कट एण्ड बोल्ड आउट गरेपछि खेलले नयाँ मोड लियो । जुनियरलेनै ड्यानियल क्रिष्टियनलाई ब्राभोबाट १० रनमा क्याच गराएपछि अष्ट्रेलिया समस्यामा परेको थियो ।

म्याककोयको बलमा ठूलो सट खेलेका मिचेल स्टार्कलाई तीन रनमा एलेनले उत्कृष्ट क्याच लिएपछि वेस्ट इन्डिज जित नजिक पुगेको थियो । जोश हेजलवुडलाई पुरनबाटक्याच गराउँदै म्याककोयले वेस्ट इन्डिजलाई रोमाञ्चक जित दिलाएका थिए । वेस्ट इन्डिजका हेडन वाल्श जुनियरले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर आबेद म्याककोयले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । फबिएन एलेनले २ र आन्द्रे रसेलले १ विकेट लिए ।
त्यसअघि ड्यारेन स्यामी नेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । वेस्ट इन्डिजका आन्द्रे रसेल २८ बलमा ३ चौका र ५ छक्का सहित सर्वाधिक ५१ रनको योगदान दिए । रसेलले २६ बलमा आफ्नो टि२० आई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए । रसेलले १९ औं ओभरको चौथो बलमा तीव्र गतिका बलर मिचेल स्टार्कलाई छक्का प्रहार गर्दै टि२० आई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए । यसअघि टि२० आईमा रसेलको उत्कृष्ट प्रदर्शन २०१८ मा बंगलादेशविरुद्ध ४७ रन थियो ।

वेस्ट इन्डिजको सुरुवात कमजोर र खराब रह्यो । तीव्र गतिका बलर जोश हेजलवुडको दोस्रो ओभरको दोस्रो बलमा मिचेल मार्शबाट ओपनर ईभिन लुईस शून्यमा क्याच आउट भएका थिए । हेजलवुडकै छैटौं ओभरको पाँचौं बलमा क्रिस गेल टप एज लागेर प्वाइन्टमा एश्टन अगरबाट चार रनमा क्याच हुन पुगे । मिचेल मार्शको आठौं ओभरको तेस्रो बलमा ओपनर लेन्डल सिमन्स कट बिहाइन्ड हुँदै २७ रनमा विकेटकिपर म्याथ्यु वेडबाट समातिएका थिए । सिमन्सले २८ बलमा समान दुई चौका र छक्का प्रहार गरे ।
कप्तान निकोलस पुरनलाई जोश फिलिपेले १२ औं ओभरको पाँचौं बलमा १७ रनमा उत्कृष्ट रन आउट गराए । पुरनले १६ बलमा तीन चौका प्रहार गरे । नियमित कप्तान काइरन पोलार्ड चोटका कारण टोलीमा छैनन् । शिम्रन हेटमायर २५ बलमा एक चौका सहित २० रनमा क्याच आउट भए । फबिएन एलेन ८ र ड्वेन ब्राभो ७ रनमा अविजित रहे । रसेल अन्तिम ओभरमा हेजलवुडको बलमा बोल्ड आउट भएका थिए ।

अष्ट्रेलिया तीव्र गतिका बलर जोश हेजलवुडले ४ ओभरमा एक मेडन सहित मात्र १२ रन खर्चेर प्रमुख तीन विकेट लिँदै घातक बलिङ गरे । मध्य गतिका बलर मिचेल मार्शले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । दोस्रो खेल आइतबार बिहान हुने छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]