4 years ago
July 11, 2021
एजेन्सी– जिम्बावेविरुद्ध एक मात्र टेस्ट खेलमा भ्रमण टोली बंगलादेशले २ सय २० रनको फराकिलो जित हात पारेको छ । जितको लागि ४ सय ७७ रनको विजयी लक्ष्य पाएको जिम्बावे पाँचौं दिन दोस्रो सेसनमा २ सय ५६ रनमा अल आउट हुँदै फराकिलो हार बेहोरेको हो ।

जिम्बावेका कप्तान बेन्डन टेलर ७३ बलमा १६ चौका सहित सर्वाधिक ९२ रनको योगदान दिए । डोनाल्ड तिरिपानोले १ सय ४४ बलमा ६ चौका सहित ५२ रनको योगदान दिए । ब्लेसिङ मुर्जाबानी ३० रनमा अविजित रहे । ओपनर ताकुद्जवानाशे कैटानो १ सय २ बल खेल्दै एक चौका सहित ७ रनमा एलबिडब्लू आउट भए । ओपनर मिल्टन शुम्बा ११ र डियोन मायर्स २६ रनमा क्याच आउट भए । बंगललादेशका स्पिनर मेहेदी हसन र तीव्र गतिका बलर तस्किन अहमदले चार चार विकेट लिए ।
त्यसअघि बंगलादेशले दोस्रो इनिङमा ६७.४ ओभरमा २ सय ८४ रनमा एक विकेट गुमाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङमा १ सय ९२ रनको अग्रता लिएको बंगलादेशले समग्रमा ४ सय ७६ रन बनाएको थियो । बंगलादेशका ओपनर शद्मान ईस्लाम १ सय ९६ बलमा ९ चौका सहित १ सय १५ रनमा अविजित रहे । नाज्मुल हसन शान्टो १ सय १८ बलमा ५ चौका र ६ छक्का सहित १ सय १७ रनमा अविजित रहे । दोस्रो विकेटका लागि नाज्मुल र शद्मान १ सय ९६ रनको अविजित शतकीय साझेदारी गरेका थिए । सैफ हसन ४३ रनमा आउट भए ।

त्यसअघि जिम्बावे पहिलो इनिङमा २ सय ७६ रनमा अल आउट भएको थियो । जिम्बावे पहिलो इनिङमा १ सय ९२ रनले पछि परेको थियो । जिम्बावेका ओपनर ताकुड्जवानाशे कैतानोले ३ सय ११ बलमा ९ चौका सहित सर्वाधिक ८७ रनको योगदान दिए । कप्तान ब्रेन्डन टेलरले ९२ बलमा १२ चौका र १ छक्का सहित ८१ रनको योगदान दिए । टेलर र कैतानोले १ सय १५ रनको शतकीय साझेदारी गर्दै जिम्बावेलाई राम्रो सुरुवात दिलाएका थिए ।
एक समय २२५–३ को अवस्थामा रहेको जिम्बावेले थप ५१ रन जोड्न ७ विकेट गुमाएपछि सस्तैमा अल आउट भएको थियो । ओपनर मिल्टन शुम्बा ४१, डियोन मेयर्स २७ र विकेटकिपर रेगिस चकब्वा ३१ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । बंगलादेशका स्पिनर मेहेदी हसनले पाँच र सकिब अल हसनले चार विकेट लिए । तस्किन अहमदको नाममा एक विकेट रह्यो ।
त्यसअघि पहिलो इनिङमा हरारे स्पोर्ट्स क्लबमा टस जितेर ब्याटिङ रोजेको बंगलादेश दोस्रो दिन १ सय २६ ओभरमा ४ सय ६८ रनमा अल आउट भएको थियो । महमूदुल्लाह २ सय ७८ बलमा १७ चौका र १ छक्का सहित १ सय ५० रनमा अविजित रहे । महमूदुल्लाह यो टेस्ट करिअरको पाँचौं शतक र सर्वोत्कृष्ट प्रदर्शन हो । तस्किन अहमद १ सय ३४ बलमा ११ चौका सहित ७५ रनमा आउट भए । यसै खेलमार्फत महमूदुल्लाहले टेस्टबाट सन्न्यास पनि लिएका छन् ।

नवौं विकेटका लागि महमूदुल्लाह र तस्किनले १ सय ९१ रनको सर्वोत्कृष्ट शतकीय साझेदारी गरेपछि बंगलादेशले विशाल योगफल बनाएको थियो । नवौं विकेटका लागि भएको यो टेस्ट इतिहासकै दोस्रो ठूलो साझेदारी हो ।
लिटन दास १ सय ४७ बलमा १३ चौका सहित ९५ रनमा क्याच आउट भएका थिए । कप्तान मोमिनुल हक ९२ बलमा १३ चौका सहित ७० रनमा क्याच आउट भए । शद्मान ईस्लाम २३, मुश्फिकुर रहिम ११ र सकिब अल हसन तीन रनमा आउट भए । जिम्बावेका तीव्र गतिका युवा बलर ब्लेसिङ मर्जाबानीले सर्वाधिक चार विकेट लिए। डोनाल्ड तिरिपानो र भिक्टर न्याउचीले दुई दुई विकेट लिए ।जिम्बावे र बंगलादेशबीच थप तीन ओडिआई र तीन टि२० आई सिरिज हुने छ । पहिलो ओडिआई शुक्रबार हुने छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]