4 years ago
July 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल इक्वेस्ट्रियन एसोसिएसन (नेपाल घोडचढी संघ)ले एशियन इक्वेस्ट्रियन फेडरेशन (एईएफ)को अस्थायी सदस्यता प्राप्त गरेको छ ।

एसियाका क्रियाशील २८ देश सम्मिलित एशियन इक्वेस्टेरियन फेडरेशनको बिहीबार बसको साधारण सभा (भर्चुअल)ले नेपाल इक्वेस्ट्रियन संघलाई अस्थायी सदस्यता दिने निर्णय गरेको हो ।
उक्त साधारणसभाको एजेन्डा १५.१ अनुसार नेपाललाई सदस्यता दिने निर्णय भएको नेपाल इक्वेस्ट्रियन संघका अध्यक्ष रवि राजकर्णिकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपालसहित दक्षिण एसियाली अर्को देश श्रीलंकाले समेत सदस्यता प्राप्त गरेको छ ।
गत नोभेम्बरमा अन्तर्राष्ट्रिय इक्वेस्ट्रियन फेडरेशन (एफआईआई) को महासभाले नेपाल इक्वेस्ट्रियन एसोसियसनलाई अस्थायी सदस्यको रूपमा अनुमोदन र मान्यता दिइसकेको छ । एसियन र अन्तर्राष्ट्रिय फेडरेशनका प्रतिनिधिले नेपाल भ्रमणपछि पूर्ण सदस्यको रूपमा मान्यता दिइने पनि हामीलाई जानकारी गराईएको छ ।
कोभिड १९ को महामारीवाट संसारले मुक्ति पाउने बित्तिकै अन्तर्राष्ट्रिय र एसियन फेडरेशनका प्रतिनिधि नेपाल भ्रमणमा आउने तालिका छ । हालै संघलाई अन्तर्राष्ट्रिय ‘टेन्ट पेगिंग’ महासंघ (आईटीपीएफ) को पूर्ण–सदस्यको रूपमा अनुमोदन र स्वीकृत गरिसकेको छ ।
December 21, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो । त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]