4 years ago
July 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – हान्यु नेपाली समाज जापान र ग्रुप अफ जापानको संयुक्त आयोजनामा जापानमा रहेका नेपालीबीच ‘ग्रुप अफ जापान हान्स कप –२०२१’ खुल्ला पुरुष भलिवल प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगिता हान्यु शि साईतामा केनमा रहेको हान्यु गेम सेन्टरमा १५ अगष्टदेखि शुरु हुनेछ । प्रतियोगिताको विजेता टोलीले ३ लाख जापानी येन प्राप्त गर्नेछन् । दोस्रो हुनेले २ लाख तथा तेस्रो हुने टोलीले १ लाख जापानी येनसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । व्यक्तिगत विधाको पुरस्कार पनि समावेश गरिएको छ ।
टिम दर्ताको लागि ८ अगस्टसम्म समयसीमा तोकिएको छ । दर्ता शुल्क ४ मान येन तोकिएको छ । प्रतियोगिताको लागि एक टोलीले १२ जना खेलाडी राख्न पाउनेछ ।

जापानमा रहेका नेपालीहरुबीच आपसी सदभाव र भाईचाराको भावनालाई प्रगाढ बनाउनका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको पुर्व राष्ट्रिय भलिबल खेलाडीसमेत रहेका ग्रुप अफ जापानका अध्यक्ष मदन साउदले जानकारी दिए । उनले सन् २०१९ मा स्थापित ग्रुप जापान जापानको विधान अनुसार दर्ता प्रक्रियामा रहेको पनि जानकारी दिए ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]