default_image

3 years ago

July 28, 2021

सन्दीप, ज्ञानेन्द्र र पारस वरीयतामा खस्किए

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र ब्याट्सम्यान पारस खड्का न्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि२० ब्याटिङ वरीयतामा खस्किएका छन् । आइसिसीको बुधबार जारी गरेको वरीयतामा ज्ञानेन्द्र मल्ल दुई स्थान खस्किदै ९७ औं स्थानमा पुगेका छन् । ज्ञानेन्द्रको रेटिङ प्वाइन्ट ३ सय ५७ छ । पूर्व कप्तान पारस खड्का तीन […]

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र ब्याट्सम्यान पारस खड्का न्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि२० ब्याटिङ वरीयतामा खस्किएका छन् । आइसिसीको बुधबार जारी गरेको वरीयतामा ज्ञानेन्द्र मल्ल दुई स्थान खस्किदै ९७ औं स्थानमा पुगेका छन् ।

ज्ञानेन्द्रको रेटिङ प्वाइन्ट ३ सय ५७ छ । पूर्व कप्तान पारस खड्का तीन स्थान खस्किदै ९४ औं स्थानमा पुगेका छन् । पारसको ३ सय ६२ रेटिङ प्वाइन्ट छ । युवा ब्याट्सम्यान कुशल भुर्तेलले एक स्थान सुधार गर्दै ६० र्औ स्थानमा उक्लिएका छन् । कुशलले वेस्ट इन्डिजका निकोलस पुरन, काइरन पोलार्ड र भारतीय ऋषभ पन्त जस्ता ब्याट्सम्यानलाई पछि पारेका छन् । पुरन ६३ औ , पोलार्ड ६६ औं र पन्त ७५ औं स्थानमा छन् ।

स्पिनर सन्दीप लामिछाने चार स्थान खस्किदै ८२ औं स्थानमा पुगेका छन् । सन्दीपको ४ सय ५ रेटिङ अंक छ । तीव्र गतिका बलर सोमपाल कामी भने ९७ औं स्थानमा उक्लिएका थिए । अघिल्लो हप्ता वरीयतामा सोमपाल शीर्ष एक सयमा भने थिएनन् । सोमपालको ३ सय ५९ रेटिङ अंक छ ।

ब्याटिङको शीर्षतर्फ इंग्ल्यान्डका डेविड मलान छन् । पाकिस्तानका बाबर आजम दोस्रो, अष्ट्रेलिया कप्तान अरोन फिन्च तेस्रो, न्युजिल्यान्डका डेभन कन्वे चौथो र भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पाँचौ स्थाानमा यथावत छन् ।

बलिङतर्फ दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सी शीर्ष स्थानमा छन् । श्रीलंका स्पिनर वानिन्दु हसरंगा दोस्रो स्थानमा उक्लिदा अफगानिस्तानका राशिद खान तेस्रो स्थानमा पुगेका छन् । टि२० अलराउन्डरतर्फ भने अफगानिस्तानका मोहम्मद नाबी शीर्ष स्थानमा यथावत छन् ।

नेपालले पछिल्लो पटक २० आई खेल टियु मैदानमा गत वैशाखमा मलेसिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक टि२० आई सिरिज खेलेको थियो । टिम वरीयतातर्फ नेपाल २० मा १२ औं र ओडिआईमा १६ औं स्थानमा यथावत छ ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.