9 years ago
November 6, 2016
काठमाडौं (हाम्रो खेलकुद)– लनटेनिस खेलाडी अभिलाषा विष्ट एटिएफ एसियाली ¥याङकिङ प्रतियोगितामा भाग लिन शनिबार भारतको हैदरावाद गएकी छन् । सोमबार देखि नोभेम्बर १२ सम्म हुने प्रतियोगितामा अभिलाषाले यु–१४ उमेरसमूहमा सिंगल्स र डबल्समा प्रतिस्पर्धा गर्नेछिन् । डबल्समा अभिलाषाले प्रतियोगितामा सहभागी हुन अन्य विदेशी खेलाडीलाई जोडीका रुपमा छान्न पाउनेछिन् ।

प्रतियोगितामा नेपालसहित भारत, मलेसिया, पाकिस्तान र हङकङको सहभागिता रहने लनटेनिस संघले जनाएको छ । अभिलाषासंग यसअघि मलेसिया, थाइल्यान्ड, भारत र श्रीलंकामा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ ।
अभिलाषाले केहि महिनाअघि नेपालमै भएको केशा ग्रुप एएनएलटीए एसियन जुनियर यु–१४ ¥याङकिङ प्रतियोगिताकोसर्किट २ को सिंगल्समा रजत पदक जितेकी थिइन् । त्यस्तै उनले श्रीलंको कोलोम्बोमा अक्टोबरमा एसियन ¥याकिङ टेनिस प्रतियोगिताको सर्किट १ मा विदेशी खेलाडीसंग मिलेर डबल्समा स्वर्ण जितेको अभिलाषाका पिता एवं अखिल नेपाल लनटेनिस संघका सदस्य अजय विष्टले जानकारी दिए । विष्ट छोरीसँगै हैदरावाद गएका छन् ।
अभिलाषालाई लनटेनिस संघका केन्द्रीय उपाध्यक्ष केशवराज पाण्डेले सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा विदाइ गरेका थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]