default_image

9 years ago

November 6, 2016

साइक्लिङको टेक्निकल सोलिडारिटी कोर्षमा २२ सहभागी

189 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय ओलम्पिक परिषद् (आइओसी) ओलम्पिक सोलिडारिटी कोर्षअन्तर्गत साइक्लिङ प्रशिक्षकहरुका टेक्निकल कोर्ष सुरु भएको छ । युसिआइका विज्ञ डेविडले कोर्षमा एक सयम सैद्धान्तिक र एक समय व्यवहारिक ज्ञान दिनेछन् । नेपालमा साइक्लिङ खेलको प्रचुर सम्भावना रहेकाले कोर्षले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । कोर्षमा विभिन्न जिल्ला, एपिएफ, आर्मीलगायतका २२ प्रशिक्षकले प्रशिक्षणमा भाग लिएका छन् ।

cycling
सात दिने कोर्षको नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरे । चार बर्षभित्र विभिन्न खेलका स्तर उन्नतीका लागि प्राविधिक ज्ञान प्रदान गर्ने उद्देश्यले यो कोर्ष सञ्चालन हुदै आएको श्रेष्ठले बताए । ‘हामीले संघको गतिविधि, सम्भावना बोकेको खेललाई हेरेर सोलिडारिटी कोर्षको सिफारिस गर्दछौं । जसको आधारमा आइओसीले सोलिडारिटीका लागि सहयोग गर्दछ,’ श्रेष्ठले भने,‘सक्रिय र व्यवस्थित भएका संघका आधारमा एनओसीले यस्ता सिफारिस गर्दै आएको छ ।
श्रेष्ठले नेपाल माउन्टेन वाइकका लागि निकै उपयुक्त रहेको बताउँदै यसबाट एसियन र ओलम्पिकमा समेत पदक जित्न सकिने बताए । ‘नेपालको भुवनोटभित्र यसको विकास गर्न सकिन्छ’ , उनले भने,‘’ अन्य देशमा क्रितिम पहाड बनाएर खेलाउनुपर्ने अवस्था छ । त्यसैले यसको सम्भावना बढी देखिन्छ ।

नेपाल साइक्लिङ संघका अध्यक्ष छिमि उर्केन गुरुङले सन् २०१० पछि नेपालले साइक्लिङ प्रशिक्षकका लागि कोर्ष गर्न लागेको बताए । ‘अब हामी प्रशिक्षक, खेलाडी, जिल्लाहरुलाई उनीहरुको स्तरका आधारमा कार्ड वितरण गर्छौ । जसले हाम्रो स्तर माथि उठाउन मद्दत गर्ने छ,’ गुरुङले भने,‘व्यवसायीक साइक्लिङ खेलाडी र एमेच्योर खेलाडीहरुलाइ समेत कार्ड दिने व्यवस्था गर्दै यसप्रति व्यापक सहभागीता गराउने लक्ष्य छ ।’

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.