default_image

9 years ago

November 6, 2016

सुमन भोम्जन प्रतिष्ठानले खेलकुद आयोजना गर्ने

179 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद) – सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले अर्को महिना आयोजना गर्ने व्यापार महोत्सवसँगै विभिन्न खेल सम्मिलित राष्ट्रिय खेलकुद पनि आयोजना गर्ने भएको छ ।

suman-smriti-mela

हेटौंडामा आइतबार पत्रकार सम्मेलन गर्दै आयोजकले खेलकुदतर्फ म्याराथन, तेक्वान्दो, कबड्डीको राष्ट्रिय प्रतियोगिता सञ्चालन गरिने जानकारी दिए । त्यस्तै सशस्त्र प्रहरीको एपिएफ क्लब र ढोरपाटन क्लबबीच मैत्रीपूर्ण भलिबल खेल सञ्चालन हुनेछ । त्यस्तै जिल्ला स्तरको शारीरिक सुगठनको प्रदर्शनी ग।िरने बताइएको छ ।

गतवर्षबाट सुरु भएको हेटौंडा गोल्डकप अन्तर्राष्ट्रिय फुटबललाई निरन्तरता दिन र यस क्षेत्रको खेलकुद एवम् पत्रकारिता क्षेत्रको विकासको निम्ति २ गतेबाट १३ गतेसम्म हेटौंडा–१० स्थित भुटनदेवी पार्क प्रतिष्ठानले औद्योगिक शान्ति नेपाल संस्था संगको सहकार्यमा राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव आयोजना गर्न लागेको हो । करिब २ लाख ५० हजार जनाले अवलोकन गर्ने र करिब १० करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको प्रचारप्रसार समिति संयोजक गणेशदर्पण अधिकारीले जानकारी दिए ।

गत बर्षको विनाकारी भूकम्पमा परि हेटौडाका खेलकुद पत्रकार सुमन भोम्जनको मृत्यु भएको थियो । उनकै नाममा प्रतिष्ठान स्थापना गरि गत बर्ष हेटौडा गोल्डकप आयोजना गरिएको थियो ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.