4 years ago
August 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको आयोजनामा एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको छैटौ संस्करण असोज दोस्रो सातादेखि सुरु हुने भएको छ ।

संघले महिला तथा पुरुष दुवै स्पर्धाको एनभिए क्लब च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म हुने जानकारी गराएको छ । यो च्याम्पियनसिप आगामी चैतमा हुने क्लब लिग च्याम्पियनसिपको छनोट प्रतियोगिताको रुपमा समेत रहनेछ ।
संघले क्लब च्याम्पियनसिपका लागि सरकारसँग स्वीकृति लिने र राखेप कबर्डहल बुक गर्ने तयारी गरेको छ । च्याम्पियनसिप दर्शक विनाकै हुन सक्ने संघले जनाएको छ ।
यसपटक पुरस्कार राशिमा पनि दोब्बर वृद्धि गरिएको छ । यसपटक च्याम्पियन हुने टोलीले ४ लाख रुपैयाँ हात पार्नेछ । दोस्रो हुने टोलीले २ लाख तथा तेस्रो हुने टोलीले १ लाख रुपैयाँ हात पार्नेछन् । गत सिजन शीर्ष तीनलाई २ लाख, १ लाख र ५० हजार पुरस्कार रहेको थियो । गत वर्ष चैतमा भएको क्लब लिगको विजेताले ३ लाख रुपैयाँ हात पारेका थिए ।
च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ हात पार्नेछन् । हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैया प्राप्त गर्नेछन् ।

यसपटक च्याम्पियनसिपमा सहभागी हुने टोलीले खर्चको व्यवस्थापन आफैं गर्नुपर्नेछ । यसअघि संघले केही खर्च व्यवस्थापन गर्ने गरेको थियो । च्याम्पियनसिपमा सहभागी हुन इच्छुक देशैभरका क्लबले सहभागिताका लागि आवेदन दिन सक्ने संघले जनाएको छ । नियम अनुसार हरेक टोलीले बढीमा ३ विदेशी खेलाडी राख्न पाउनेछ । विदेशी खेलाडीले श्रम स्वीकृतिसँगै आफ्नो राष्ट्रिय संघको पत्र समेत पेश गर्नुपर्नेछ ।
पाँचौ संस्करणमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र महिलामा विभागीय नेपाल एपिएफ क्लब च्याम्पियन बनेको थियो । त्यस्तै लिग च्याम्पियनसिपमा भने हेल्प नेपाल र होंगान्जी न्यू डायमन्ड च्याम्पियन बनेका थिए ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]