4 years ago
September 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – छैटौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेल्ने तयारीमा रहेको गण्डकी प्रदेशको पुरुष भलिबल टोलीलाई प्रदेशकै चर्चित खेलाडी अमृत केसी र युवराज भण्डारीले सहयोग गरेका छन्।

गण्डकी प्रदेशको पुरुष टिमलाई भारतीय सेनामा कार्यरतद्वय अमृत केसी र युवराज भण्डारीले समान १५–१५ थान जर्सी सहयोग गरेका हुन् । स्याङ्जाका अमृत गण्डकी प्रदेशको चर्चित ओपन स्पाइकर हुन् । लिवेरो युवराजले केही समय गण्डकीको टोलीबाट खेलेका थिए । अमृतले गत चैतमा सम्पन्न भएको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबबाट खेलेका थिए । टोलीलाई च्याम्पियन बनाउन उनको महत्वपुर्ण भुमिका रहेको थियो ।
यस्तै युवा व्यवसायी तथा तथा जिल्ला भलिबल संघ पर्वतका टिम म्यानेजर समिर जोशीले १५ थान जर्सी र अमेरिकामा रहेका पुर्व राष्ट्रिय भलिबल खेलाडी राजु केसीले १५ थान ट्रयाकसुट तथा पुर्व राष्ट्रिय खेलाडी हाल हङकङमा रहेका पर्वत क्लब हङकङका समेत कप्तान विष्णु गुरुङ ‘ठुले’ ले २५ हजार रुपैयाँ सहयोग प्रदान गरेको पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघका उपाध्यक्ष तथा जापान भलिबल संघका निवर्तमान अध्यक्ष नविन कुमार गुरुङले जानकारी गराउँदै सहयोगी सबैलाई आभार व्यक्त गरे ।
नेपाल भलिबल संघले छैटौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप १० देखि १६ असोजसम्म हुने जानकारी गराइसकेको छ । नियम अनुसार हरेक टोलीले बढीमा ३ विदेशी खेलाडी राख्न पाइने छ । विदेशी खेलाडीले श्रम स्वीकृतिसँगै आफ्नो राष्ट्रिय संघको पत्र समेत पेश गर्नुपर्ने हुन्छ ।
च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ६ टोलीको सहभागिता हुने बताएपनि संख्या बढ्न सक्ने संघले जनाएको छ । च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोलीले चैतमा हुने लिगका लागि छनोट हुनेछन् ।
च्याम्पियन हुने पुरुष र महिला टोलीले समान ४ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुने टोलीले २ लाख तथा तेस्रो हुने टोलीले १ लाख रुपैयाँ हात पार्नेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ हात पार्नेछन् । हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
पाँचौ संस्करणको च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र महिलामा विभागीय नेपाल एपिएफ क्लब च्याम्पियन बनेको थियो । त्यस्तै पाँचौ संस्करणको लिगमा भने हेल्प नेपाल र होंगान्जी न्यू डायमन्ड च्याम्पियन बनेको थियो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]