4 years ago
September 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश पुरुष भलिबल टोलीका महत्वपुर्ण सदस्यद्वय मिडल ब्लकर रुपेन्द्र गैरे र स्पाइकर किरण गुरौ विभागीय नेपाल एपिएफ क्लबमा आबद्ध भएका छन् ।

यस्तै गण्डकी प्रदेशकै सन्तोष थापामगरले पनि एपिएफबाटै खेल्ने भएका छन् । अब उनीहरुले एपिएफको पुरुष भलिबल टोलीबाट नै घरेलु भलिबल खेल्नेछन् । तीनै जनासँग एपिएफले सम्झौता गरिसकेको छ । उनीहरु सशस्त्र प्रहरी बल (एपिएफ) मा भर्ना हुने प्रक्रियामा रहेको छ ।
रुपेन्द्र, किरण र सन्तोष १० असोजदेखि सुरु हुने छैटौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा एपिएफको जर्सीमा देखिनेछन् । झन्डै तीन वर्षदेखि गण्डकी प्रदेशको भलिबल टोलीको सदस्य रहेका रुपेन्द्र र किरणले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

गण्डकीले गत वर्ष पोखरामा सम्पन्न प्रथम टाइगर कप आमन्त्रण पुरुष तथा महिला राष्ट्रिय भलिबल च्याम्पियनसिपको उपाधि जित्दा उनीहरुको प्रदर्शन उत्कृष्ट रहेको थियो । फाइनलमा गण्डकीले आर्मीलाई ३–२ को सेटमा हराउँदै उपाधि जितेको थियो ।
नेपालगन्जमा २०७५–७६ भएको आठौं राष्ट्रिय खेलकुदको लागि पोखरामा भएको छनोटमा पर्वत जिल्लाबाट खेल्दै २३ वर्षीय रुपेन्द्रले गण्डकीको टोलीमा स्थान बनाएका थिए । त्यसअघि नै उनले गण्डकीको प्रतिनिधित्व गरिसकेका थिए ।

यस्तै नवलपुरका २० वर्षीय किरणले साविकको पश्चिमाञ्चल विकास क्षेत्र हुदादेखि नै टोलीबाट खेलिसकेका थिए । रुपेन्द्र र किरणले गण्डकीको टोलीबाट गत वर्ष पोखरामा भएको टाइगर कपसँगै रामेछाप र इलाममा खुल्ला भलिबल प्रतियोगिता जित्न सफल भएका थिए ।
गत चैतमा सम्पन्न पाँचौ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा रुपेन्द्रले टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबबाट तथा किरणले बुलबुले रारा भलिबल क्लबबाट खेलेका थिए । त्यसअघिको च्याम्पियनसिपमा गण्डकी प्रदेशले भाग नलिएपछि गण्डकीका खेलाडीहरु अन्यत्र क्लबबाट खेलेका थिए ।

सन्तोष गत वर्षदेखि गण्डकीको टोलीमा रहेका छन् । गण्डकीले गत वर्ष टाइगर कप जित्दा उनी टोलीका सदस्य रहेका थिए । उनले इलामसँगै अन्य जिल्लामा भएको प्रतियोगितामा गण्डकीको प्रतिनिधित्व गरिसकेका छन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]