4 years ago
September 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोलीत्रय त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले वाईवाई डाइनामाइट छैटौं राष्ट्रिय एनभिए क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विजयी सुरुवात गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा आर्मीले कर्णाली प्रदेशमाथि २५–८, २५–१४ र २५–७ को एकपक्षीय जित निकाल्दै विजयी सुरुवात गरेको हो ।
यस्तै दोस्रो खेलमा नेपाल एपिएफ क्लबले ढोरपाटन स्पोर्ट्स क्लबमाथि ३–१ को सेटमा जित निकाल्दै विजयी शुरुवात गर्न सफल भयो । प्रतिस्पर्धात्मक पहिलो सेट २६–२८ ले गुमाएको एपिएफले त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो सेटमा २५–१८ को जित निकालेको एपिएफले तेस्रो सेट २५–१३ तथा चौथो सेट २५–१५ ले जित्न सपल भयो
दिनको तेस्रो खेलमा बाग्लुङको गल्कोट स्पोर्ट्स क्लबले बागमती प्रदेशमाथि एकपक्षीय जित निकाल्दै विजयी सुरुवात गर्न सफल भयो । पहिलो सेटमा २५–१८ को जित निकालेको गल्कोटले दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१७ ले जित्न सफल भयो ।
उद्घाटन खेलमा नेपाल पुलिस क्लबले दावाली मिलन क्लबलाई ३–० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको छ । पहिलो सेटमा २५–१७ को जित निकालेको पुलिसले दोस्रो सेट २५–२१ ले सहजै आफ्नो पक्षमा पादौ तेस्रो सेटमा २५–१३ को एकपक्षीय जित निकाल्यो ।
च्याम्पियनसिप १० देखि १६ असोजसम्म हुने च्याम्पियनसिपको दोस्रो दिन पुरुषतर्फको समूह चरणको ६ खेलमा प्रतिस्पर्धा हुनेछ । टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले बागमती प्रदेश, प्रदेश २ ले गल्कोट, दावाली मिलन क्लबले गण्डकी प्रदेश, नेपाल पुलिस क्लबले मणिमुकन्द भलिबल, नयाँ बजार सामाजिक युवा क्लबले कर्णाली प्रदेशसँग खेल्नेछ । बुढानिलकण्ठ भलिबल क्लबले ढोरपाटन स्पोर्ट्स क्लबसँग खेल्नेछ । महिलातर्फको खेल १२ असोजदेखि शुरु हुनेछ ।
च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब, प्रदेश नम्वर २, बागमती प्रदेश र गल्कोट स्पोर्ट्स क्लब रहेका छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, मणि मुकुन्द भलिबल क्लब, दावाली मिलन क्लब र गण्डकी प्रदेश रहेका छन् ।
समूह ‘सी’ मा त्रिभुवन आर्मी क्लब, नयाँबजार सामाजिक युवा क्लब र कर्णाली प्रदेश तथा समूह ‘डी’ मा नेपाल एपीएफ क्लब, बुढानिलकण्ठ भलिबल क्लब र ढोरपाटन स्पोर्ट्स क्लब रहेका छन् । हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ ।
महिलातर्फ ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, ढोरपाटन स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब रहेका छन् । समूह ‘बी’ मा होंगान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब, एभरेष्ट भलिबल क्लब बुटवल र त्रिभुवन आर्मी क्लब, रहेका छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली आसन्न चैतमा हुने लिगका लागि छनोट हुनेछ ।
च्याम्पियन हुने पुरुष र महिला टोलीले समान ४ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुने टोलीले २ लाख तथा तेस्रो हुने टोलीले १ लाख रुपैयाँ हात पार्नेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ हात पार्नेछन् । हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
पाँचौ संस्करणको च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र महिलामा विभागीय नेपाल एपिएफ क्लब च्याम्पियन बनेको थियो । त्यस्तै पाँचौ संस्करणको लिगमा हेल्प नेपाल र होंगान्जी न्यू डायमन्ड च्याम्पियन बनेको थियो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]