default_image

3 years ago

September 28, 2021

हेल्प नेपाल र गल्कोट क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र गल्कोट स्पोर्ट्स क्लब डाइनामाइट छैटौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा हेल्प नेपालले प्रदेश नम्वर २ लाई ३–० को सोझो सेटमा पराजित गर्दै […]

53 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र गल्कोट स्पोर्ट्स क्लब डाइनामाइट छैटौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा हेल्प नेपालले प्रदेश नम्वर २ लाई ३–० को सोझो सेटमा पराजित गर्दै समुहमा एक खेल बाँकी छँदै अन्तिम आठमा पुग्न सफल भएको हो ।

हेल्प नेपालको जितले गल्कोटले पनि एक खेल बाँकी छदै क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो । अब हेल्प नेपाल र गल्कोटबीच समूह विजेताको लागि प्रतिस्पर्धा हुनेछ ।

एकपक्षीय खेलमा हेल्प नेपालले २५–२१, २५–१७ र २५–१६ को सहज जित निकाल्यो । लगातार दोस्रो हारसँगै प्रदेश २ समूह चरणबाट बाहिरिएको छ । अब प्रदेश २ र बागमतीले सान्त्वना जितको लागि खेल्नेछ ।

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

Success

Thank you for your time.