default_image

4 years ago

September 30, 2021

पुलिसलाई हराउँदै एपीएफ समूह विजेता

220 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुई विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबको चुनौती पन्छाउँदै नेपाल एपीएफ क्लब वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको समूह ‘ए’ को लिगको अन्तिम खेलमा एपीएफले पुलिसलाई ३–१ को सेटमा हराउँदै समूह विजेता बनेको हो । हारका बावजुत पुलिस समूह उपविजेता बन्यो ।

सुरुवातदेखि नै एकपक्षीय अग्रता लिदै एपीफले पहिलो सेटमा २५–१४ ले आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो सेटमा पुलिसले पनि एकपक्षीय अग्रता लिदै २५–२१ ले सेट आफ्नो पक्षमा पारेपछि खेललाई १–१ सेटको बराबरीमा ल्याए । एपीएफले खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन ।

प्रतिस्पर्धात्क तेस्रो सेटमा सुरुवाती समयमा पुलिसले अग्रता लिएपनि एपीएफले पूनरागमन गर्दै २५–१७ ले खेल आफ्नो पक्षमा पार्दै खेलमा २–१ को अग्रता लिन सफल भयो । चोथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै एपीएफ विजयी हुन सफल भयो ।

महिलातर्फकै लिगको अन्तिम खेलमा होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय त्रिभुवन आर्मी क्लबबीच समूह विजेताको लागि प्रतिस्पर्धा हुनेछ ।

पुरुषतर्फ आज (बिहीबार) नै क्वाटरफाइनलमा चार खेल हुनेछ । क्वाटरफाइनलमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र नयाँ बजार सामाजिक युवा क्लब, नेपाल पुलिस क्लब र ढोरपाटन स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब र गल्कोट स्पोर्ट्स क्लब तथा नेपाल एपीएफ क्लब र गण्डकी प्रदेशबीच खेल हुनेछ ।

च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । पुरुषतर्फको समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा तथा महिलातर्फको समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।

च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली आसन्न चैतमा हुने लिगका लागि छनोट हुनेछ । च्याम्पियन हुने पुरुष र महिला टोलीले समान ४ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुने टोलीले २ लाख तथा तेस्रो हुने टोलीले १ लाख रुपैयाँ हात पार्नेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ हात पार्नेछन् । हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पाँचौ संस्करणको च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र महिलामा विभागीय नेपाल एपिएफ क्लब च्याम्पियन बनेको थियो । त्यस्तै पाँचौ संस्करणको लिगमा हेल्प नेपाल र होंगान्जी न्यु डायमन्ड च्याम्पियन बनेको थियो ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.